काठमाडौं, कात्तिक २२
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० लाख डलर जरिवाना तिर्न आदेश दिइएको छ ।
सन् २०१६ को राष्ट्रपति चुनावमा परोपकारी संस्थाको रकम प्रयोग गरेको आरोपमा न्यूयोर्कको एक न्यायधीशले २० लाख डलर जरिवानाको आदेश दिएका हुन् । न्यायाधीशले राष्ट्रपति ट्रम्पले नै यो रकम तिर्नुपर्ने आदेशमा उल्लेख गरेको बीबीसीले जनाएको छ ।
राष्ट्रपति ट्रम्पमाथि सन् २०१६ को राष्ट्रपति चुनावमा परोपकारी संस्थाको रकम प्रयोग गरेको आरोप लागेको थियो । अदालतले ट्रम्प र उनका तीन छोराछोरी सामेल रहेको सो फाउण्डेसनको रकम राजनीतिमा प्रयोग गर्न नमिल्ने जनाएको छ । अदालतले सो रकम ट्रम्प स्वयंले तिर्नुपर्ने आदेशमा उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्