जनता टाइम्स

२३ कार्तिक २०७६, शनिबार ०९:४२

भारतको ऐतिहासिक अयोध्या ममिलामा सुप्रीम कोर्टले फैसला सुनाउदै


नयाँ दिल्ली, कात्तिक २३

राम मन्दिर र बाबरी मस्जिद विवादमा ४० दिनसम्म चलेको सुनुवाई १६ अक्टुबरमा पुरा भएको थियो । सो सुनुवाईपछि सुप्रीम कोर्टले आज विहान आफ्नो फैसला सुनाउदैछ । स्थानीय समय अनुसार विहान साढे १० बजे कोर्टले फैसला सुनाउने भारतीय संचारमाध्यमले जानकारी दिएका छन् ।

कोर्टका मुख्य न्यायाधीशले फैसला अगाडी उत्तर प्रदेशका अधिकारसँग भेटेर त्यहाको अवस्थाका बारेमा जानकारी लिनु भएको छ । भेटपछि उत्तर प्रदेश सरकारले सबै विद्यालय र विश्वविद्यालयहरु आउदो सोमबारसम्म बन्द गरेको छ । यो फैसला ऐतिहासिक हुने बताइएको छ ।

राजनीतिक रुपमा धेरै नै सम्वेदनशील मानिएको सो भुमी राम मन्दिर वा बाबरी मस्जिद कसको भनेर लामो विवाद चल्दै आएको छ । दुवै पक्षले आ–आफ्नो भुमि रहेको दावी गर्दै आएपछि यो विषय सुप्रिम कोर्टसम्म पुगेको थियो ।