जनता टाइम्स

२३ कार्तिक २०७६, शनिबार ११:०१

प्रधानमन्त्री ओलीको त्यो कामले जित्यो गगनको मन


काठमाडौं, कात्तिक २३ । नेपाली कांग्रेसका नेता गगन थापाले सीमा बिवादमा प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्नुभएको कदमको दिल खोलेर स्वागत गर्नुभएको छ । भारतले एकतर्फी रुपमा नेपाली भुमि कालापानी र लिपुलेक आफ्नो नक्सामा राखेर सार्वजनिक गरेपछि नेपालमा भारतबिरोधी आन्दोलन चर्किरहेको बेला प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक बोलाएर नेपालको एकमना एकता कायम गर्न खोजेको भन्दैकांग्रेस नेता थापाले दिल खोलेर स्वागत गर्नुभएको हो ।

कांग्रेस नेता थापाले प्रधानमन्त्रीज्यू सकारात्मक सुरुवात भन्दै सीमा बिवादमा चालेको कदमप्रति समर्थन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज कालापानी र लिपुलेकको बिषयमा पूर्वप्रधानमन्त्री, पूर्वपराष्ट्रमन्त्रीसहित संसदमा रहेका सवै दलका शीर्ष नेता र सिमाविदसहितको सर्वपक्षीय बैठक बोलाउनु भएको छ । सो कामले नेपालको एकतामा सवै दल र नागरिक एकसाथ रहेको सन्देश दिनेछ । कांग्रेस नेता थापाले प्रधानमन्त्रीको यो कमदलाई स्वागत गर्दै नेपाली एक भएर सीमाको रक्षा गर्न लाग्नुपर्ने भबताउनु भएको छ ।

‘हाम्रो भूमिमाथिको अतिक्रमण विरुद्ध सबै एकजुट भएर तथ्य र प्रमाण सहित लडौँ। दशकौँ देखि थांति रहेका विवादित विषयको कूटनीतिक तवरले निरूपण गरौँ। हाम्रो स्वाभिमान माथिको हस्तक्षेप र दादागिरीलाई परास्त गरौ,’ प्रधानमन्त्री ओलीको सकारात्मक सुरुवात भन्दै थापाले लेख्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । नेपाली भूमि कालापानी र लिपुलेक आफ्नो भुभागमा पार्दै भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि सो बिषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले आज दिउसो ४ बजे सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सो बैठकमा संघीय संसद र प्रदेश संसदमा रहेका सवै दलका शीर्ष नेतासहित पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री,सीमाविद तथा परराष्ट्रविदलाई आमन्त्रण गरिएको छ । परराष्ट्र मन्त्रालयले नेपाली भुभाग समेटदै भारतज जारी गरेको नक्सा नेपाललाई मान्य नहुने सार्वजनिक घोषणा गरिसकेको छ भने भारतले उल्टै पुरानै नक्सा रहेको र नेपाली भुभाग नरहेको जिकिर गरेपछि नेपालमा भारतबिरोधी आन्दोलन चर्कदै गएको छ । सत्तारुढ नेकपाकै भातृ संगठन अनेरास्वबियूले देशब्यापी आन्दोलन चर्काएको छ भने भारतीय दुतावाससमेत घेराउ गरिसकेको छ । भारतको आपत्तिजनक कामको बिषयमा राष्ट्रिय सहमतिका साथ एउटै धारणा बनाएर भारतसँग मिचिएको सिमा फिर्ता गराउने प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउनु भएको हो ।

‘प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर राष्ट्रिय सहमति कायम गरी भारतलाई आफ्नो गलत काम सच्याउन नेपालको तर्फबाट औपचारिक प्रस्ताव गर्ने र मिचिएको सिमा फिर्ता गराउन नेपालको एकमत बनाउन यो बैठक बोलाइएको हो । छलफलमा परराष्ट्रविद्, सीमाविद्, विभिन्न राजनीतिक दलका नेताहरू, नापी विभागका महानिर्देशकलगायतलाई पनि डाकिएको छ । नापी विभागले प्रस्तुत गर्ने नक्सा, तथ्य–प्रमाणका आधारमा छलफल गर्ने र सुझाबसहितको निष्कर्षका आधारमा भारतसँग संवाद अघि बढाउने सोचमा प्रधानमन्त्री ओली रहनुभएको छ ।