जनता टाइम्स

१४ असार २०८२, शनिबार ०८:१३

नेपालमा एचआईभी संक्रमितको संख्या ३० हजार बढी, महिला भन्दा पुरुष धेरै


काठमाडौं, १४ असार । नेपालमा एचआईभी एड्स संक्रमितको अनुमानित संख्या ३० हजार भन्दा बढी रहेको सरकारी तथ्यांकले देखाएको छ ।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दिइएको जानकारी अनुसार नेपालमा मुख्य जोखिम समूहमा मात्र एचआईभी संक्रमण रहेको देखिएको छ । मुख्य जोखिम समूह पुरुषसँग यौन सम्पर्क गर्ने पुरुषहरू, लैङ्गिक अल्पसंख्यक व्यक्तिहरू, महिला यौनकर्मीहरू, लागुऔषध सुई प्रयोग गर्ने व्यक्तिहरु, आप्रवासी व्यक्तिहरू लगायत रहेका छन् । एचआईभी संक्रमितहरू महिलाभन्दा पुरुष बढी रहेका छन् । नयाँ संक्रमणको वार्षिक दर पनि ६ सय १४ छ भने एड्ससँग मृत्युको संख्या ५६९ रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी जनस्वास्थ्य प्रशासक अस्मिता ओझाले बताउनुभयो ।

उहाँका अनुसार नेपालमा एचआईभी संक्रमित गर्भवती महिलाको संख्या २ सय २७ रहेको छ ।‘अहिले नेपालमा मुख्य जोखिम समूहमा मात्र एचआईभीको संक्रमण अवस्था छ । मुख्य जोखिम समूह मेल ह्याभिङ सेक्स विथ मेल, ट्रान्सजेण्डर, फिमेल सेक्स वर्कर, ड्रग्स युजर, आप्रवासी व्यक्तिहरूमा मुख्य गरेर एचआईभीको अवस्था अरू सामान्य मानिसमा भन्दा धेरै छ,’ उहाँले भन्नुभयो । नेपालमा एचआईभी संक्रमित गर्भवती महिलाको संख्या २ सय २७ छ । विगतका तथ्यांक र अहिलेको अवस्थाका बारेमा गरिएको विभिन्न अध्ययनलाई लिएर यो सार्वजनिक गरिएको ओझाले जानकारी दिनुभयो । ‘विशेष गरी सेक्सवर्करहरू, फिमेल सेक्स वर्कर १ लाख १५ हजार ९ सय १९ जना हुनुहुन्छ भने मेल ह्याभिङ सेक्स विथ मेल उहाँहरु ७७ हजार ३ सय ४० जना हुनुहुन्छ,’ उहाँले भन्नुभयो ‘ट्रान्सजेण्डर व्यक्तिहरु ३२ हजार ८ सय ९५ जना, जेलमा भएको व्यक्तिहरु २७ हजार ८ सय ३९ जना हामीले मुख्य जोखिम समूहका रुपमा हामीले गरेको स्टडीले देखाएको छ ।’

यौन व्यवसायमा संलग्न व्यक्तिहरू १ लाख १५ हजार ९ सय १९ जनामा, पुरुषसँग यौन सम्पर्क गर्ने पुरुष ७७ हजार ३ सय ४० जना र लैङ्गिक अल्पसंख्यक व्यक्तिहरु ३२ हजार ८ सय ९५ जना, जेलमा भएको व्यक्तिहरु २७ हजार ८ सय ३९ र लागुऔषध सुई प्रयोग गर्ने व्यक्तिहरु ४४ हजार ३ सय ५० जनामा यो अध्ययन गरिएको हो । निःशुल्क साधन अभाव परीक्षण सेवा विस्तारमा रोक र दातृ निकायमा निर्भरता बढ्दै जाँदा नेपालले सन् २०३० भित्र एचआईभी नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न निकै चुनौती खेप्नुपर्ने विज्ञहरुले बताएका छन् ।