जनता टाइम्स

२४ कार्तिक २०७६, आईतवार १६:५२

एकताको बाँकी काम टुंग्याउन नेकपाको सचिवालय बैठक आह्वान, यी छन मुख्य एजेण्डा


काठमाडौं कात्तिक २४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले सोमवार बिहान बस्ने गरी सचिवालय बैठक बोलाउनु भएको छ । पार्टी एकताका बाँकी काम टुंगो लगाउने मुख्य एजेण्डा राखेर सचिवालय बैठक बोलाइएको हो ।

गत भदौं पहिलो साता नै एकताको बाँकी काम टुंगो लगाउने योजना भएपनि नेताहरुबीचको बिवाद र अन्य कामका कारण हुन सकेको थिएन । पछिल्लो समय एकताको एजेण्डालाई धकेल्दै अन्य कामतर्फ सचिवालय बैठक केन्द्रित भएपछि सोमवार पार्टी एकताको बाँकी कामलाई पुर्णता दिने मुख्य एजेण्डासहित बैठक बोलाइएको नेकपा सचिवालयका एक सदस्यले जनताटाइम्सलाई बताए ।

‘पार्टी एकताको बाँकी काम टुंग्याउने योजनासहित सोमवारको सचिवालय बैठक बोलाइएको छ, अव ढिला नगर्ने निर्णय अध्यक्षद्वयले लिनुभएको छ,’ सचिवालयका ती नेताले भने । सोमवार बिहान ९ बजे बस्ने सचिवालय बैठकका लागि महासचिव बिष्णु पौडेलले आवश्यक सवै गृहकार्य पूरा गरिसक्नुभएको छ । नेकपामा केन्द्रीय आयोग, बिभागले पुर्णता पाउन बाँकी रहेको छ ।

सोमवारका बैठकमा सरकार र पार्टी कामको समेत समीक्षा हुने बताइएको छ । स्रोतका अनुसार बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलील्े आफ्नो सचिवालय र सल्लाहकार समुहको बिषयमा लिइएको पछिल्लो निर्णयबारे समेत जानकारी गराउनु हुनेछ ।