काठमाडौं, कात्तिक २५
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विभिन्न केन्द्रीयको नेतृत्व चयन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा र सचिव अशोक रोकायलाई चयन गरेको छ ।
यसअघि चयन गरिएका अध्यक्ष अमिक शेरचन प्रदेश प्रमुखमा नियुक्त भएकाले सो पद खाली थियो । शेरचनको ठाउमा बोहरालाई अध्यक्ष बनाइएको हो । यसअघि तत्कालिन नेकपा एमालेको पनि उहा अनुशासन आयोगको अध्यक्ष रहिसक्नु भएको छ ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार केन्द्रीय निर्वाचन आयोग अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडैललाई जिम्मेवारी दिएको छ । लेखा परीक्षण आयोग अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्य, केन्द्रीय सल्लाहकार कमिटी अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापालाई जिम्मेवारी दिइएको छ ।
जेष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिवमा गोविन्द ज्ञवाली रहेको श्रेष्ठले जानकारी दिनुभयो । बाँकी सांगठानिक विषय भने फेरी बस्ने सचिवालय बैठकले टुंगो लगाउने छ ।
प्रतिक्रिया दिनुहोस्