जनता टाइम्स

२५ बैशाख २०७६, बुधबार १५:३८

एनआई सी एशिया बैंक र भाटभटेनीमनी ट्रान्सफर बीच रेमिटेन्स सम्झौता


काठमाण्डौं, बैशाख २५

एनआई सी एशिया बैंक लिमिटेड र भाटभटेनीमनी ट्रान्सफर प्रा.लि. बीच रेमिटेन्स सम्झौता भएको छ ।

एनआई सी एशिया बैंकका देश भरी रहेका २८२ शाखा कार्यालयहरु तथा ४० वटा एक्सटेन्सन काउण्टर मार्फत भुक्तानी पाउने गरी सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा भाटभटेनी मनी ट्रान्सफरको तर्फबाट प्रवन्ध निर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गर्नुभयो ।