काठमाण्डौँ, वैशाख २५
विभिन्न खानाका स्वादका पारखीहरुको मागलाई मध्य नजर गर्दै प्रेसिडेन्ट ग्रुप अफ होटलले आफ्नो नयाँ शाखा काठमाडौँको महाराजगन्जमा सञ्चालनमा ल्याएको छ ।
राजधानी काठमाडौँमा ७ वटा र चितवनमा १ वटा शाखासहित चर्चीच बनेको “प्रेसिडेन्ट सेकुवा” को नवौँ शाखाको चर्चीत हास्य कलाकार एवं धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले औपचारीक रुपमा उद्धघाटन गरेका छन् ।
स्वभाविक मेनु र हाईजेनिक फुड, न्युन रकममा स्टार लेवलको सुविधा दिने उद्देश्यका साथ काठमाडौको महाराजगन्जमा नवौँ शाखा ग्राहकवर्गहरुको माग अनुसार संञ्चालनमा ल्याएको ग्रुपका अध्यक्ष शंकर भण्डारीले बताउनु भयो ।
२०६३ सालदेखि सुन्धारा सञ्चालनमा आएको यो ग्रुपले अहिलेसम्म प्रत्यक्ष रुपमा १५० र अप्रत्यक्ष रुपमा धेरैलाई रोजगारको सेवा प्रदान दिदै आएको अध्यक्ष भण्डारीको दाबी छ ।
फरक शैली पारिवारिक वातावरणमा रहेको सेकुवाले नेपालमै रोजगार सिर्जना गरी आयआर्जनमा लाग्न पनि सबैलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्