जनता टाइम्स

२५ कार्तिक २०७६, सोमबार १९:२०

राष्ट्रपति भण्डारी समक्ष चार देशका राजदुतले गरे ओहदाको प्रमाणपत्र पेश


काठमाडौं, कात्तिक २५ । राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष चार देशका गैर आवासीय राजदुतहरुले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवाशमा आज आयोजित बिशेष समारोहबीच ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो । यसरी ओहदाको प्रमाणपत्र पेश गर्नेमा प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्का, गणतन्त्र अर्जे्न्टिना, बहराइन अधिराज्य र प्रजातान्त्रिक जनगणतन्त्र लाओसका राजदूत रहेका छन ।

राष्ट्रपतिसमक्ष श्रीलङ्काका आवासीय राजदूत हिमाली सुभाषिनी डि सिल्भा अरुनतिलका, अर्जे्न्टिना, बहराइन र लाओसका गैरआवासीय राजदूतहरू क्रमशः डानियल चुबुरु, अब्दुलरहमान मोहमद अहमद अल गौड र बौन्नेमी चौउनगोहमले आ–आफ्ना ओहोदाका प्रमाणपत्र पेश गर्नुभएको हो ।  समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।