काठमाडौं, असाार २६ । प्रमुख दुई दल नेपाल कांग्रेस र नेकपा एमालेको सहकार्यमा गठित प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरका सरकारले गरेको आर्थिक सुधारको कामको परिणाम देखिएको छ ।
सरकारले योजनावद्ध रुपमा अघि बढाएको सुधारको कामको परिणाम स्वरुप अर्थतन्त्रको आकार ४ खर्बले बढेको छ भने १८ क्षेत्रका सूचकहरू सकारात्मक देखिएको छन । सरकारले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा सय आर्थिक वर्ष मा प्रमुख आर्थिक सूचकहरूमा उल्लेख्य सुधार देखिएको छ।
राजस्वतर्फ अघिल्लो वर्षको तुलनामा १ खर्ब ८ अर्ब रुपैयाँले वृद्धि भएको छ। आर्थिक वर्षको अन्त्यतिर असार २६ गतेसम्म १० खर्ब १७ अर्ब रुपैंया राजस्व सङ्कलन भएको अर्थ मन्त्रालयले जनाएको छ । यस्तै, पुँजीगत खर्चतर्फ पनि सुधार देखिएको छ। अघिल्लो वर्षको तुलनामा ३६ अर्ब रुपैयाँ बढी पुँजीगत खर्च गरिएको छ। यससँगै, समग्र पुँजीगत खर्चमा सुधार आए पनि निर्धारित लक्ष्यअनुसार भने खर्च पूरा हुन नसकेको विश्लेषण गरिएको छ।
आर्थिक वृद्धि दर पनि सकारात्मक देखिएको छ। पछिल्लो आँकडाअनुसार चालु आर्थिक वर्षको वृद्धि दर ४.६१ प्रतिशत भएको छ । अघिल्लो वर्ष यो वृद्धि दर ३.७८ प्रतिशतमा सीमित थियो। राजस्व सङ्कलन, खर्च र वृद्धि दरमा देखिएको सुधारले मुलुकको अर्थतन्त्रमा केही सहजता आउने सङ्केत दिइरहेको छ। तथापि, पुँजीगत खर्चको गुणस्तर, वैदेशिक लगानी आकर्षण र निजी क्षेत्रको विश्वास अभिवृद्धिमा अझ ध्यान दिनुपर्ने देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्