जनता टाइम्स

२७ असार २०८२, शुक्रबार १८:२७

तामाकोशी-तेस्रो निर्माण कम्पनीका अध्यक्ष भवन भट्टलाई दोलखालीको बटमलाइन : थप होल्ड र ६५० मेगावाटभन्दा कम गर्ने कुरा स्वीकार्य छैन


आयोजना प्रबर्धक कम्पनी टी थर्ड हाइड्राका अध्यक्ष भवन भट्ट र प्रबन्ध निर्देशक गोरे शेर्पाको दावी : प्राविधिक कारण ३९७ मेगावाट क्षमताभन्दा माथि जान सकिन्न

काठमाडौं, असार २७ । तामाकोशी तेस्रो जलबिद्युत आयोजना निर्माणमा भइरहेको ढिलाईप्रति दोलखाका राजनीतिक दलदेखि सरोकारवाला सवै आक्रोशित देखिएको छन । लाइसेन्स होल्ड गरेर नराखी उनीहरुले आयोजना निर्माण तत्काल आयोजना अघि बढाउन वा छाडन प्रबर्धक कम्पनीलाई बटमलाइन पनि सुनाएका छन ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष भवन भट्टको कम्पनी टी थर्ड हाइड्रो कम्पनी प्रालिले तामाकोशी तेस्रो बनाउने भन्दै लाइसेन्स लिएको लामो समयसम्म आयोजना होल्ड गरेर बसेको छ । दोलखावासीले खोज्दासमेत कतै फेला नपरेको भन्दै उनीहरुले अव आयोजना अघि बढाउने वा छाडने बिकल्प रोज्न भट्टलाई सामुहिक रुपमा बटमलाइन सुनाए ।

पूर्वसञ्चारमन्त्री तथा नेकपा एमालेका पोलिटब्यूरो सदस्य पार्वत गुरुङसहित एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ र कांग्रेस दोलखाका सभापति बर्मा लामाको पहलमा शुक्रवार काठमाडौंमा भएको छलफलमा दोलखाका सवै राजनीतिक दलका नेतादेखि सामाजिक क्षेत्रका अगुवाहरुले तामाकोशी तेस्रोमा भइरहेको ढिलाई अव दोलखाली जनतालाई सैह्य नहुने व्रष्ट जनाउ दिए ।

छलफलमा पूर्वमन्त्री तथा एमाले पोलिटब्यूरो सदस्य पार्वत गुरुङले लामो समयसम्म लाइसेन्स होल्ड गरेर प्रबर्धक कम्पनीले दोलखावासीमाथि गम्भीर घात गरेको बताउनु भयो । उहाँले दोलखाका राजनीतिक दलदेखि नागरिक समाजसम्मले खोज्दा पनि प्रबर्धक कम्पनीका प्मुख भवन भट्टलाई भेटन नसकेको भन्दै आफू र कांग्रेस जिल्ला सभापति बर्मा लामाले उर्जामन्त्री गुहारेर कार्यक्रम आयोजना गर्नुपरेको जानकारीसमेत दिनुभयो ।

‘धेरै लामो समयसम्म खोजी गर्नमै बित्यो, उर्जामन्त्री गुहारेपछि मात्र सम्पर्क भएर यो कार्यक्रम तय गरिएको हो, अव दोलखाली जनता र राजनीतिक दलहरु तामाकोशी तेस्रोमा भइरहेको ढिलाईलाई सहने अवस्थामा छैनन भन्ने प्रष्ट जानकारी दिन चाहन्छु,’ पूर्वमन्त्री गुरुङले दोलखालीको तर्फबाट बटमलाइन सुनाउँदै भन्नुभयो । उहाँले तामाकोशी तेस्रो ६ सय ५० मेगावाट क्षमताकै बन्नुपर्ने बटमलाइन पनि सुनाउनु भयो ।

गुरुङको भनाईलाई प्रतिनिधिसभा सदस्य गंगा कार्कीसहित सहभागी सवैले समर्थन गर्नुभयो । माओवादी नेता तथा सांसद कार्कीले त ६ सय ५० मेगावाट क्षमताको नबनाउने हो भने प्रबर्धन कम्पनी सिन्धुपाल्चोक र दोलखाको बोर्डर मुडे कटेर नआउने चेतावनी दिनुभयो ।

‘लाइसेन्स होल्ड गरेर गर्नुसम्मको अपराध गरिसक्नु भयो दोलखावासीलाई । अव तत्कालै अघि नबढाउने र पूर्ण क्षमताको ६ सय ५० मेगावाट बनाउने हो भने तपाईहरु मुढे कटेर दोलखातिर नआए हुन्छ । कडा लाग्दा यो सत्य जनताको तर्फबाट मैले बोल्नै परेको छ,’ सांसद कार्कीले भन्नुभयो । पूर्वमन्त्री आनन्द पोखरेलले पनि उहाँकै भन्दा कडा शैलीमा चेतावनी दिनुभएको थियो । यस्तै पूर्वसांसदहरु जीपछिरिङ लामा शेर्पा र दिब्यमणि राजभण्डारीले आयोजना बनाउनेतिर ध्यान नभए गर्दिन भनेर बिकल्प खुला गर्न सुझाव दिनुभयो ।

दोलखाका सवै राजनीतिक दलका नेता, स्थानीय तहका प्रमुखसहित नागरिक समाजका अगुवाहरुसम्मको सहभागिता रहेको छलफलमा सवैजसोले आयोजना थप ढिलाइ गर्ने कुरा र क्षमता घटाउने कुरा सोच्न पनि नसिकिने बताए ।

कार्यक्रममा प्रबर्धक कम्पनीका अध्यक्ष भवन भट्ट र प्रबन्ध निर्देशक गोरे लामाले अहिलेसम्म भइरहेको प्रगतिो जानकारी दिँदै ६ सय ५० मेगावाट क्षमतामा बनाउन नसकिने जानकारी दिनुभएको थियो । उहाँहरुले ३ सय ९७ मेगावाट क्षमताभन्दा माथि जान नसकिने बताएपछि दोलखाको तर्फबाट बटमलाइन सुनाइएको हो ।