जनता टाइम्स

२७ कार्तिक २०७६, बुधबार ०८:५९

उपनिर्वाचन : स्थानीय तहका लागि आज उम्मेदवारी दर्ता गरिदै


काठमाडौं, कात्तिक २७

मंसिर १४ मा हुने उपनिर्वाचनका लागि स्थानीय तहका रिक्त पदमा मंगलबार उम्मेदवारी दर्ता हुँदै छ । सम्बन्धित स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । सुनसरीको धरान उपमहानगरपालिका प्रमुख, पाँचथरको फाल्गुनन्द गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिकाका रिक्त अध्यक्ष पदमा निर्वाचन हुँदै छ ।

हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि पनि निर्वाचन हुनेछ । यसबाहेक विभिन्न ३४ जिल्लाका ४० स्थानीय तहमा रिक्त विभिन्न वडाका ४३ अध्यक्षको पनि उपनिर्वाचनबाट पदपूर्ति गरिँदै छ । प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त स्थानको उपनिर्वाचन हुने दिन एकैसाथ स्थानीय तहको पनि उपनिर्वाचन हुन लागेको हो ।

स्थानीय तहका उम्मेदवारलाई मनोनयन दर्ता गर्न चाहिने कागजात

(१) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
(२) सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा (वडा अध्यक्ष पदको लागि) ।
(३) सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा (अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको लागि) ।
(४) राजनीतिक दलले प्रदान गरेको उम्मेदवार मनोनयनको औपचारिकपत्र (राजनीतिक दलको उम्मेदवारको हकमा) ।
(५) स्थानीय तहको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको लागि एक हजार पाँच सय र वडा अध्यक्ष पदको लागि एक हजार रुपैयाँ धरौटी ।
(६) मतदाता नम्बर
(७) सम्पत्ति विवरण
(क) घर संख्या
(ख) घर रहेको स्थान
(ग) जग्गाको विवरण ९जिल्ला, गाउँपालिकारनगरपालिका, वडा नं।, कि।नं।, क्षेत्रफल०
(८) अध्यक्ष\उपाध्यक्ष\प्रमुख\उपप्रमुख\वडाध्यक्षको पदमा उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वाचित पदमा बहालवाला पदाधिकारी भए निजले बहाल रहेको पदबाट राजिनामा दिएको दर्ताको निस्सा ।