काठमाडौं, साउन ५ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा हिजो भेटघाट भएको तथ्य खोल्नुभएको छ । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो जानकारी दिनुभएको हो ।
एमाले मुख्यालय च्यासलमा आइतवार पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच झण्डै दुई घण्टा वार्ता भएको थियो । आइतवारको भेटवार्तामा भण्डारीलाई पोलिटब्युरोको निर्णयका विषयमा आवश्यक जानकारी गराइएको अध्यक्ष ओलीले जानकारी दिनुभएको केन्द्रीय पोलिटब्यूरो सदस्य पार्वत गुरुङले जानकारी दिनुभयो ।
पूर्वराष्ट्रपति भण्डारीसँगको कुराकानी निकै सकारात्मक कुराकानी भएको जानकारी पनि अध्यक्ष ओलीले गराउनु भएको छ । अध्यक्ष ओलीले राष्ट्रप्रमुखको भूमिका निर्वाह गरेको सम्माननीय ब्यक्तिले के गर्न हुने र के गर्न नहुने भन्ने विषयमा आफूले पार्टीको तर्फबाट स्पष्ट जानकारी गराएको बताउनु भएको अर्का सदस्यले जनताटाइम्स डटकमलाई बताए ।
‘राष्ट्रिय राजनीति, राष्ट्रपतिको गरिमा र हाम्रो गणतन्त्रलाई अनावश्यक विवादमा तान्न नहुने कुरा पनि स्पष्ट रूपमा राखिएको छ । उहाँले आफ्नो धारणा सोचेर पछि जानकारी दिने बताउनुभएको छ । उहाँको धारणा आएपछि आवश्यकतानुसार पार्टीले थप निर्णय गर्नेछ,’ बैठकमा अध्यक्ष ओलीको भनाई उधृत गर्दै केन्द्रीय सदस्य तथा प्रतिनिधिसभामा संसदीय दलकी सचेतक सुनिता बरालले भन्नुभयो ।

अध्यक्ष ओलीले भेटको स्थानबारे पनि सबिस्तार जानकारी गराउनु भएको थियो । ‘कहाँ भेट्ने ?’ भन्ने प्रश्नमा उहाँले ‘पार्टी कार्यालय नगएको धेरै भयो, त्यहीँ आउँछु’ भन्नुभयो । त्यसपछि भेटवार्ता पनि पार्टी कार्यालयमै सम्पन्न भयो,’ अध्यक्ष ओलीले भन्नुभयो ।
केन्द्रीय कमिटी बैठकलाई भेटबारे जानकारी गराउने क्रममा जनसंगठन र पार्टीका जिल्ला तथा प्रदेशमा आफै चुनाव गराएर हारेका केही ब्यक्तिहरुको आपत्तिजनक हर्कत भइरहेको तर्फ सचेत गराउँदै पार्टीले कदम चाल्ने संकेत गर्नुभएको छ । ‘उहाँ (विद्या भण्डारी) आउँदा केही असन्तुष्ट र आफैँ चुनाव गराएर हारेका केही समूहहरू पनि देखिए, जो पशुपतिमा समेत देखिएका थिए,’ अध्यक्ष ओलीले भन्नुभयो ।
उहाँले आफै चुनाव गराउने, हारेपछि असन्तुष्टको नाममा गुटबन्दी गर्ने छुट नभएकोभन्दै अब अनुशासनमा कडा बन्ने उद्घोष पनि गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्