जनता टाइम्स

२८ कार्तिक २०७६, बिहीबार १२:२७

बंगलादेशका राष्ट्रपति पोखरामा, राष्टपति अब्दुलले आज पोखरामा करिब चार घण्टा बिताउने (यस्तो छ कार्यतालिका)


 

काठमाडौं, २८ कात्तिक। चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पर्यटकीय नगरी पोखरा पुग्नुभएको छ ।

उहाँ नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंबाट पोखराका पुग्नुभएको हो । उहालाई आजै पोखराको फेवातालमा उहालाई डुंगा सयर गराउने कार्यक्रम छ ।   कार्यक्रम रहेको छ । बंगलादेशका राष्ट्रपतिको पोखरा आगमनलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

राष्ट्रपति हमिदलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका अर्थमन्त्री किरण गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रतिनिधिसभा सदस्य खगराज अधिकारीलगायतले स्वागत गर्नु भएको छ ।
एयरपोर्टबाट राष्ट्रपति हमिद लेकसाइडस्थित फिस्टेल लजमा केहीबेर आराम गरेपछि फेवातालमा डुंगा सयर गर्ने कार्यक्रम छ ।

केहीबेर डुंगा सयर गरेपछि पुनः फिस्टेल लजमा खाना खाएर रुपाकोट रिसोर्ट जाने कार्यक्रम निर्धारण गरिएको छ । राष्ट्रपति हमिद हेलिकोप्टर चढेर र भ्रमण दलका अन्य सदस्य गाडीबाट रुपाकोट रिसोर्ट जानेछन् । रुपाकोट रिसोर्टमा करिब एक घण्टा बसेपछि आजै अपराह्न सवा चार बजेतिर काठमाडौं फर्किने कार्यक्रम छ ।

रुपाकोटमा गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधार मन्त्री एवम् गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेत, मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार गोविन्द नेपालीलगायत पनि रुपाकोट जाने कार्यक्रम छ ।