जनता टाइम्स

१३ श्रावण २०८२, मंगलवार ०३:०९

फेरि बढ्यो केपी ओलीको क्रेज


मान्छेका व्यक्तिगत स्वभाव फरक हुन सक्छ । हामीले त्यो भन्दा परिणाम हेर्ने हो । परिणाम राम्रो छ । उनले स्वार्थै स्वार्थले जेलिएको भ्रष्टाचारको जटिल गुत्थी फुकाएर चुनौतीको सामना गर्न सके उनको इतिहास चम्किलो बन्न सक्छ ।

ऋषि आजाद

पछिल्लो पटक अपार सफलताका साथमा प्रधानमन्त्री केपी ओलीको क्रेज ह्वात्तै बढेको छ । सत्तामा आएदेखि प्रधानमन्त्री ओलीलाई आन्तरिक वाह्य चुनौती सामना गर्नुपरेको छ । उनले आफ्नै पालामा लागेको भारतीय नाकाबन्दीविरुद्ध जमेर विरोध गरे ।

कालापानीको भूभाग नेपालको नक्सामा गाभ्ने साहस गरे । चीनसँग पारवाहन सन्धि गरेर स्वाधीन नेपाल निर्माण गरे । महाभूकम्पको सामना गर्दै साढेसातलाख संरचना जिर्णाेद्वार गरेर बुझाए । कोरोनाको सफलतापूर्वक सामना गरे ।

पछिल्लो पालामा उनले सफल अर्थमन्त्री विष्णु पौडेलसँग मिलेर आर्थिक मन्दीको सामना गर्दै धैर्यपूर्वक अघि बढ्दैछन् । उनीसँग समृद्ध नेपालको स्पष्ट खाका छ । ठूला–ठूला पूर्व–पश्चिम र उत्तर–दक्षिण राजमार्गहरु बनिरहेका छन । विद्युत पूरा भएर विदेशमा विक्री भएको छ । शिक्षामा ठूलो विकास छ । सामुदायिक विद्यालयहरु निजी विद्यालयको टक्करमा छन । खानेपानी सन्तोषजनक छ । सुरुङको युगमा पुर्याएका छन ।

पछिल्लोपटक उनले साँस्कृतिक राष्ट्रवादको पक्षमा काम गरेका छन् । पुरातत्व विभागको मापदण्डअनुसार सयौं पूरातात्विक महत्वका ठाउँहरुको जीर्णाेद्वार गरेका छन । अहिले साँस्कृतिक, धार्मिक क्षेत्रमा आन्तरिक पर्यटन बढेको देखिन्छ । ठाउँ–ठाउँमा केबुलकारहरु निर्माण भईरहेका छन । स्थानीय र प्रदेशलाई बलियो बनाउने काममा लागेका छन् ।

यो बीचमा पूर्वराजाका समर्थकहरुबाट निरङ्कुश राजतन्त्रको पक्षमा गरेको विद्रोहलाई शान्तिपूर्ण रुपमा मत्थर पार्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरेका छन । आन्तरिक चुनौतीहरुको सामना गर्दै पार्टीलाई सुदृढ बनाएका छन् । ओलीलाई धेरै काममा सफलता मिलेको छ ।

यसमा अन्य दलका नेताहरु शेरबहादुर देउवा, प्रचण्डलगायतका नेताहरुको सुझबुझपूर्ण समर्थन पनि रहेको छ । सबैलाई समर्थनमा ल्याउन र सहकार्य गरेर अघि बढ्न सफलता मिलेको छ ।

मान्छेका व्यक्तिगत स्वभाव फरक हुन सक्छ । हामीले त्यो भन्दा परिणाम हेर्ने हो । परिणाम राम्रो छ । उनले स्वार्थै स्वार्थले जेलिएको भ्रष्टाचारको जटिल गुत्थी फुकाएर चुनौतीको सामना गर्न सके उनको इतिहास चम्किलो बन्न सक्छ ।