काठमाडौं, कात्तिक २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज शुक्रबार बस्ने भएको छ। नेकपाका एक सचिवालय सदस्यले शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्न लागेको जानकारी दिएका छन्। सदस्यले बैठकका एजेन्डाबारे भने खुलाउन चाहेनन्।
सरकारमा सहभागी हुने नयाँ मन्त्रीका सम्बन्धमा छलफल हुन लागेको बताइएको छ। विगत केही दिन यता प्रधानमन्त्रीले सरकार पुनर्गठनको तयारी गरेका गनुर््भएको छ । उहाँले यसअघि नै सचिवालयका सबै सदस्यलाई बोलाएर सचिवालयको काम प्रभावकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ। यसपछि सचिवालयका सबै सदस्यले मंसिरबाट लागू हुने गरी राजीनामा दिएको बुझिएको छ।
सरकार पुनर्गठनका विषयमा पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले छलफललाई तीव्रता दिनुभएको छ । बुधबार मात्रै वरिष्ठ नेता माधवकुमार नेपालसँग लामो छलफलमा बसेका ओलीले बिहीबार प्रचण्डसँग पनि निकै समय छलफल गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्