जनता टाइम्स

२९ कार्तिक २०७६, शुक्रबार १३:५६

श्रममन्त्री बिष्टको घोषणा : हरेक नागरिकको जीवन सुखमय बनाउँछौं


काठमाडौं, कात्तिक २९ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले सामाजिक सुरक्षा योजना अन्तरगत हरेक नागरिकको जीवनलाई सुखमय बनाउन चाहेको बताउनुभएको छ । काठमाडौंमा आज आयोजित ‘सामाजिक सुरक्षा योजना कार्यान्वयन’ विषयक अभिमुखिकरण कार्यक्रममा बोल्दै मन्त्री सो आग्रह भनाई राख्नुभएको हो ।

मन्त्री विष्टले अप्ठयारो परेका बेला साथ दिने उल्लेख गर्दै सामाजिक सुरक्षा योजनामा सहभागी हुन ढिलाई नगर्न पनि सबैलाई आग्रह पनि गर्नुभयो । हरेक नागरिकको सुःखद भविष्यको चाहनालाई पूरा गर्ने गरी आएकाले सो योजनामासबैको सहभागिता अनिवार्य रहेको पनि मन्त्री बिष्टल् प्रष्ट पार्नुभयो । त्यस अवसरमा उहाँले सरकारले कार्यान्वयनमा ल्याएको सामाजिक सुरक्षा योजनाले सबै जनताको जीवनमा सुःखको अनुभूति गराउने योजना सुनाउनु भयो ।

चाहे बुढेसकाल होस् वा दुःख परेका बेला सामाजिक सुरक्षा योजनामा समावेश भएका नागरिकलाई सरकारले पेन्सनमार्फत् सहायता दिने पनि मन्त्री बिष्टको भनाई थियो । मन्त्री विष्टले नागरिकको सुरक्षित भविष्यका लागि पनि सरकारले सबै नागरिकलाई पेन्सनको व्यवस्था हुने गरी सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको बताउनु भयो ।