कञ्चनपुर, साउन २३ । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीजस्तो अब्बल नेता अरू कोही पनि नरहेको ठोकुवा गर्नुभएको छ ।
प्रेस चौतारी सुदूरपश्चिम प्रदेश समितिले कञ्चनपुरमा आज आयोजना गरेको प्रथम बैठक तथा प्रशिक्षणमा बोल्दै सचिव भट्टले यस्तो तथ्य राख्नुभएको हो । प्रधानमन्त्री ओलीको बानी, व्यवहार, काममा खटिन सक्ने क्षमता, सोचाई र नेतृत्व क्षमता सवैका आधारमा उहाँजस्तो नेता नेपालमा कोही नरहेको भट्टले बताउनु भयो ।
‘केपी ओली खराब हुन कि भन्ने मान्छेहरू खराब हुन । बुझ्न सहज छ । पहिला देवत्व करण गर्ने पनि त्यही । अहिले मानवीकरण गर्ने पनि त्यही । भनेपछि खराब ओली कि विरोध गर्ने भन्ने मान्छे ?,’ सचिव भट्टले भन्नुभयो । उहाँले केपी ओली बुझ्न अध्ययन, स्वाभिमान र इमान चाहिने पनि बताउनु भयो । इमान हराएकाहरू, स्वाभिमान नभएकाहरू र काम गर्न नसक्ने अल्छी र लाछीहरूले केपी ओली बुझ्न नसक्ने र विरोध गर्ने गरेको सचिव भट्टको भनाई छ ।
यस्ताे छ उहाँकाे बुँदागत भनाई :
‘– केपी ओलीलाई बुझ्न समय लाग्छ । कातिबेला के कदम चाल्नु हुन्छ ? सहज बुझ्न गाह्रो छ । कदम पछि मात्रै थाह हुन्छ– त्यो उहाँसँग भएको अद्भुत क्षमता हो,’ सचिव भट्टले भन्नुभयो । उहाँले ओलीको विशेषताबारे चर्चा गर्दै थप्नुभयो, ‘केपी ओली जत्तिको काममा खट्ने मान्छे, सपना देख्ने र सक्रिय रहने मान्छे नेपालमा कोही छैन । समर्थनपछि, साथपछि र सम्भावनापछि ओलीले मविनाको एमाले र एमालेविनाको देश सम्भव छैन भन्नुभएको हो । ओलीमाथिको समर्थन देवत्व करण होइन, यो अहिलेको आवश्यकता हो । वस्तुस्थिति नै त्यही हो ।’
– केपी ओली खराब हुन कि भन्ने मान्छेहरू खराब हुन । बुझ्न सहज छ । पहिला देवत्व करण गर्ने पनि त्यही । अहिले मानवीकरण गर्ने पनि त्यही । भनेपछि खराब ओली कि विरोध गर्ने भन्ने मान्छे ?
– ओली जत्ति खट्ने मान्छे, सपना देख्ने र सक्रिय रहने मान्छे नेपालमा कोही छैन । समर्थनपछि, साथपछि र सम्भावनापछि ओलीले मविनाको एमाले र एमालेविनाको देश सम्भव छैन भन्नुभएको हो । ओलीमाथिको समर्थन देवत्व करण होइन, यो अहिलेको आवश्यकता हो । वस्तुस्थिति नै त्यही हो ।
– केपी ओलीलाई बुझ्न समय लाग्छ । कातिबेला के कदम चाल्नु हुन्छ ? सहज बुझ्न गाह्रो छ । कदम पछि मात्रै थाह हुन्छ– त्यो उहाँसँग भएको अद्भुत क्षमता हो ।
– केपी ओलीलाई साथ दिनुपर्छ, पार्टी बन्छ भनेरै साथ दिएको हो । यतिखेर वैचारिक र सैद्धान्तिक रूपमा एमाले कम्युनिष्ट आन्दोलनको केन्द्र हो । केपी ओलीकै अगुवाइमा यो काम सम्भव छ ।
– राष्ट्रियताका लागि कोही नेतृत्व छ भने केपी ओली हो र हुनुहुन्छ । केपी ओली हेर्न र बुझ्न दृष्टि पनि लामो हुनुपर्छ । शक्ति, संगठन र समर्थनमा एमाले एक नम्बर पार्टी हो र छ । तर केही संगठनभित्रका समस्या नभएका होइनन्, सुधारमा लाग्दा स्वयं सच्चिन पर्छ ।
– पूर्वराष्ट्रपतिलाई सम्मानित भएर बस्न एमालेले भनिसक्यो । हामीले गणतन्त्रको गरिमा र गौरवको रूपमा सम्मान गर्ने निर्णय गरिसक्यौँ ।

उहाँले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सवालमा पार्टीले सही निर्णय गरेको आधार पनि सुनाउनु भयो । ‘पूर्वराष्ट्रपतिलाई सम्मानित भएर बस्न एमालेले भनिसक्यो । हामीले गणतन्त्रको गरिमा र गौरवको रूपमा सम्मान गर्ने निर्णय गरिसक्यौँ,’ सचिव भट्टको भनाई थियो । सचिव भट्टले ओलीलाई थोरबहुत बुझ्दा नै देशभक्त र काम गर्न सक्ने नेता भएकोले साथ दिनुपर्छ भनेर नै आफूहरूले प्रचण्ड छाडेको र अव सबै कम्युनिष्टहरू एमालेमै आउनुपर्ने बताउनु भयो ।
‘केपी ओलीलाई साथ दिनुपर्छ, पार्टी बन्छ भनेरै साथ दिएको हो । यतिखेर वैचारिक र सैद्धान्तिक रूपमा एमाले कम्युनिष्ट आन्दोलनको केन्द्र हो । केपी ओलीकै अगुवाइमा यो काम सम्भव छ,’ भट्टले भन्नुभयो । ‘राष्ट्रियताका लागि कोही नेतृत्व छ भने केपी ओली हो र हुनुहुन्छ । केपी ओली हेर्न र बुझ्न दृष्टि पनि लामो हुनुपर्छ । शक्ति, संगठन र समर्थनमा एमाले एक नम्बर पार्टी हो र छ । तर केही संगठनभित्रका समस्या नभएका होइन, सुधारमा लाग्दा स्वयं सच्चिन पर्छ,’ सचिव भट्टले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्