काठमाडौं, साउन २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भन्ने उद्देश्यले सरकारले विशेष ध्यान दिएको बताउनु भएको छ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात रहेको र थप १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा रहेको उल्लेख गर्नुभएको छ।
कृषि मन्त्रालयको विवरण अनुसार, यतिबेला कृषि सामग्री कम्पनीमा २९ हजार १११ मेट्रिक टन मल मौज्दात छ। जसमा —
- युरिया: १६,५३९ मेट्रिक टन
- डिएपी: ७,६५३ मेट्रिक टन
- पोटास: ४,९१५ मेट्रिक टन
त्यसैगरी साल्ट ट्रेडिङ कम्पनीमा १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात रहेको उहाँले जानकारी दिनुभयो। जसमा —
- युरिया: १०,९८४ मेट्रिक टन
- डिएपी: ९४२ मेट्रिक टन
- पोटास: १,७८५ मेट्रिक टन
प्रधानमन्त्री ओलीले कतै मलको अभाव महसुस भएमा सम्बन्धित निकायलाई जानकारी गराउन समेत आग्रह गर्नुभएको छ। ‘खेतबारी हराभरा बनाऔं’ भन्दै उहाँले कृषकहरूलाई खेतीपातीमा आवश्यक मल समयमै प्रयोग गर्न आग्रह गर्नुभएकाे छ ।













प्रतिक्रिया दिनुहोस्