जनता टाइम्स

२६ श्रावण २०८२, सोमबार २३:५९

राससको महाप्रबन्धकमा सन्दीप राई नियुक्त


काठमाडौ, साउन २७ । राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धकमा सन्दीप राई नियुक्त हुनुभएको छ ।

नवनियुक्त महाप्रबन्धक राई प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खुला प्रतिस्पर्धाबाट अन्तर्वार्ता र प्रस्तुतीको माध्यमबाट छोटो सूचीमा पठाएको तीन जना मध्येबाट सोमबार सबेको मन्त्रिपरिषद् बैठकले राईलाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।

छोटो सूचीमा टीका बस्नेत र नवराज महतारा पनि सफारिस हुनुभएको थियो ।