जनता टाइम्स

२८ श्रावण २०८२, बुधबार १०:२७

नेपालबाट भारतमा एक हजार मेगावाट बिजुली निर्यात, ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी 


काठमाडौं, साउन २८। विगतमा आफ्नै देशमा विद्युत् आपूर्ति गर्न नसकेर चरम लोडसेडिङ भोग्दै आएको नेपाल अब बिजुली बेचेर राम्रो आमदानी गर्ने मुलुकमा रूपान्तरित हुँदै छ ।

नेपालले देशमा उत्पादन भएको बिजुली देश भित्र मात्र होइन देश बाहिर भारत र बङ्गलादेशसम्म बिक्रिगर्न लागेको छ । देश भित्र खपत गरी बढी भएको बिजुली भारतमा बिक्री गरेर नेपालले आम्दानी गर्न सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार अहिले नेपालले भारतमा एक हजार मेगावाट बिजुली निर्यात गर्न लागेको छ । यसबाट नेपालले ८० अर्ब २७ करोड रुपैँया आम्दानी गर्ने उहाँका भनाइ छ ।  ‘हामी भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्दै छौँ, यसबाट नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्नेछ’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।

कुनै बेला बिजुली आउँदा रमाउने देश नेपालले भारत लगायत छिमेकी मुलुकमा विद्युत् निर्यात गर्ने क्षमता राख्नु देशमा केही हुँदै छ र अब गर्न सकिन्छ भन्ने सन्देश हो ।