जनता टाइम्स

२९ श्रावण २०८२, बिहीबार ०९:२०

कृषिलाई परम्परागतबाट आधुनिक व्यवसाय बनाएपछि उत्पादन र रोजगारी बढ्छ : प्रधानमन्त्री 


काठमाडौं, साउन २९ । प्रधानमन्त्री केपी शर्माले कृषिलाई व्यावसायिक र आधुनिक बनाउने कार्यक्रम सरकारले अघि सारेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा बिहीबार एक स्ट्याटस राख्दै ओलीले यसको सरकारले कृषि आधुनिकीकरण परियोजना सुरु गरेको जानकारी दिनुभयो । ‘निर्वाहमुखी कृषिलाई व्यावसायिक, उत्पादनमुखी, रोजगारमुखी र प्रविधिको प्रयोग मार्फत आधुनिक बनाउन सरकारले कृषि आधुनिकीकरण परियोजना अगाडि सारेको छ, कृषि वस्तुका विषयगत सुपर जोन, जोन र  एकाइहरू बनाएर उत्पादन बढाउने लक्ष्य लिइएको छ’, उहाँले लेख्नु भएको छ ।

कृषि आधुनिकीकरण परियोजना एकाइमार्फत बागलुङ र पर्वतका विभिन्न स्थानमा ९९.५ हेक्टर जग्गा चक्लाबन्दी गरी व्यावसायिक रूपमा फलफूल तथा तरकारी खेती थालिएको पनि प्रधानमन्त्रीले जानकारी दिनुभएको छ ।

कृषि कर्मबाट नै रोजगारी सिर्जना हुने प्रधानमन्त्रीको विश्वास छ। ‘कृषिलाई परम्पराबाट आधुनिक व्यवसाय बनाएपछि यसले उत्पादन बढाउने मात्रै नभएर रोजगारी पनि सिर्जना गर्ने छ’, उहाँले लेख्नु भएको छ ।