जनता टाइम्स

२९ श्रावण २०८२, बिहीबार १६:५८

प्रधानमन्त्री र मन्त्रीहरूबिच कार्यसम्पादन सम्झौता हस्ताक्षर


काठमाडौं, साउन २९ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षका मुख्य कार्य तथा हासिल हुने लक्ष्यका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू र मुख्यसचिवबिच आज कार्यसम्पादन सम्झौता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा आगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदान–प्रदान गरिएको हो।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरू तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्यसहितको यो अभ्यास प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा सुरु भएको हो।

सम्झौतापछि मन्त्रीहरूले सम्बन्धित मन्त्रालयका सचिवहरूसँग पनि कार्यसम्पादन सम्झौता गर्नुपर्ने व्यवस्था रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।