जनता टाइम्स

३० श्रावण २०८२, शुक्रबार ०९:५६

प्रधानमन्त्री ओली आज मधेस प्रदेश जाँदै 


काठमाडौं, साउन ३० । प्रधानमन्त्री केपी शर्मा ओली आज मधेस प्रदेश जाँदै हुनुहुन्छ ।

उहाँ धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी हुन मधेस जान लाग्नु भएको हो । अहिले बिहान ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट उहाँ धनुषा प्रस्थान गर्दै हुनुहुन्छ ।

उहाँले धनुषामा मधेस प्रदेश प्रहरी कार्यालय उद्घाटन र हंसपुरमा बाटो शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

त्यसपछि उनी धनुषाबाट महोत्तरी प्रस्थान गर्नुहुने छ । महोत्तरीमा पनि बाटो शिलान्यासको कार्यक्रम छ।

धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली आज नै काठमाडौं फर्किने कार्यक्रम छ ।