मकवानपुर, साउन ३० । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार वाग्मती प्रदेश मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ ।
उहाँले आज नेपाली कांग्रेसबाट ५ जनालाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिन लाग्नु भएको हो। मुख्यमन्त्री बानियाँले यसअघि आफूसहित ९ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो। त्यतिबेला कांग्रेसबाट तीन र सत्ता साझेदार नेकपा एमालेबाट ६ जना मन्त्री नियुक्त भएका थिए।
उहाँले कांग्रेसका नयाँ मन्त्री नियुक्त गर्दा बहादुरसिंहले नियुक्त गरेका मन्त्री भने समवेश भएका छैनन् । उहाँले कञ्चनचन्द्र वादे, सुरेश श्रेष्ठ, विनु रायमाझी, उर्मिला नेपाल र प्रभात तामाङलाई मन्त्रीमा सिफारिस गर्नु भएको छ । उहाँहरूको आजै शपथ ४ हुँदै छ ।
यस पटकको विस्तारपछि प्रदेश सरकारका मन्त्रीहरूको कार्यविभाजन यस प्रकार छ–
१. इन्द्रबहादुर बानियाँ – मुख्यमन्त्री (मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
२. मधुसूदन पौडेल – कृषि तथा पशुपन्छी विकास मन्त्रालय
३. शिवराज अधिकारी – आन्तरिक मामिला तथा कानुन मन्त्रालय
४. किरण थापामगर – स्वास्थ्य मन्त्रालय
५. उर्मिला नेपाल – युवा तथा खेलकुद मन्त्रालय
६. कञ्चनचन्द्र वादे – सामाजिक विकास मन्त्रालय
७. डा. दिनेशचन्द्र देवकोटा – भौतिक पूर्वाधार विकास मन्त्रालय
८. प्रभात तामाङ – आर्थिक मामिला तथा योजना मन्त्रालय
९. भरतबहादुर केसी – वन तथा वातावरण मन्त्रालय
१०. सुरेश श्रेष्ठ – संस्कृति तथा पर्यटन मन्त्रालय
११. जयराम थापा – श्रम, रोजगार तथा यातायात मन्त्रालय
१२. कृष्णकुमार तामाङ – खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय
१३. विन्दु श्रेष्ठ – उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय
१४. विनु रायमाझी पौडेल – सहकारी तथा गरिबी निवारण मन्त्रालय













प्रतिक्रिया दिनुहोस्