जनता टाइम्स

३० श्रावण २०८२, शुक्रबार १६:४४

यस्ताे बन्यो वाग्मती प्रदेश सरकार, कांग्रेसका पाँच मन्त्रीले लिए शपथ 


काठमाडौं, ३० साउन । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ ।

कांग्रेसको भागमा परेका ५ मन्त्रालयमा मन्त्री नियुक्तिसहित १४ सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।

बहादुर सिंह लामाले सिफारिस गरेका ३ मन्त्री मन्त्रिपरिषदमा समावेश छैनन्  । एमालेबाट ६ मन्त्री यसअघि नै नियुक्त भइसकेका थिए । त्यस्तै का‌ंग्रेका २ जना पनि यस अघि नै मन्त्री भइसक्नु भएको थियो । साउन २० गते मुख्यमन्त्री बन्नुभएका बानियाँले साउन २७ गते विश्वासको मत  लिनु भएको थियो ।

आज  उहाँले कञ्चनचन्द्र वादे, सुरेश श्रेष्ठ, विनु रायमाझी, उर्मिला नेपाल र प्रभात तामाङलाई मन्त्रीमा सिफारिस गर्नु भएको छ । उहाँहरूले आजै शपथ लिनु भएको छ । प्रदेश प्रमुख दीपक देवकोटा समक्ष उहाँले शपथ लिनुभएको हो ।

प्रदेश सरकारका मन्त्रीहरूको कार्यविभाजन यस प्रकार छ–

१. इन्द्रबहादुर बानियाँ – मुख्यमन्त्री (मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
२. मधुसूदन पौडेल – कृषि तथा पशुपन्छी विकास मन्त्रालय
३. शिवराज अधिकारी – आन्तरिक मामिला तथा कानुन मन्त्रालय
४. किरण थापामगर – स्वास्थ्य मन्त्रालय
५. उर्मिला नेपाल – युवा तथा खेलकुद मन्त्रालय
६. कञ्चनचन्द्र वादे – सामाजिक विकास मन्त्रालय
७. डा. दिनेशचन्द्र देवकोटा – भौतिक पूर्वाधार विकास मन्त्रालय
८. प्रभात तामाङ – आर्थिक मामिला तथा योजना मन्त्रालय
९. भरतबहादुर केसी – वन तथा वातावरण मन्त्रालय
१०. सुरेश श्रेष्ठ – संस्कृति तथा पर्यटन मन्त्रालय
११. जयराम थापा – श्रम, रोजगार तथा यातायात मन्त्रालय
१२. कृष्णकुमार तामाङ – खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय
१३. विन्दु श्रेष्ठ – उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय
१४. विनु रायमाझी पौडेल – सहकारी तथा गरिबी निवारण मन्त्रालय