जनता टाइम्स

३० श्रावण २०८२, शुक्रबार १८:१८

उच्च र विशेष र जिल्ला अदालतका २१० जना न्यायाधीशको सरुवा : को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं, साउन ३० । न्याय परिषदले एकै पटक ठूलो संख्यामा न्यायाधीशहरुको सरुवा गरेको छ । परिषदले शुक्रवार उच्च अदालतका ८८ जना र जिल्ला अदालतका १२२ न्यायाधीशको एकै पटक सरुवा गरेको हो ।

शुक्रबार बसेको परिषद बैठकले विशेष अदालतका अध्यक्षसहित २१० जना न्यायाधीशहरुको सरुवा गरेको हो । परिषदले बिशेषका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरलाई उच्च अदालत जनकपुरको न्यायाधीशमा सरुवा गरी उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्टलाई विशेष अदालतको अध्यक्षको जिम्मेवारीमा सरुवा गरेको छ ।