काठमाडौं, भदाै १। प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ ।
उहाँले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै यो सुरुङमार्ग छिट्टै सञ्चालनमा आउने र यसले काठमाडौं उपत्यका भित्रिने–निस्कने यात्रुहरूलाई सहजता दिलाउने विश्वास व्यक्त गर्नुभएको हो । प्रधानमन्त्रीले सुरुङको ९३ प्रतिशत काम पुरा भएको जानकारी दिनुभएको छ ।
‘नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ, यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने छ,’ प्रधानमन्त्री ओलीले स्ट्याटसमा उल्लेख गर्नुभएको छ ।

नागढुङ्गा मार्ग विगत लामो समयदेखि उपत्यका प्रवेश गर्ने मुख्य नाकामध्ये एक भए पनि सडक साँघुरो र घुमाउरो भएकाले हरेक दिन लामो जाम र सवारी चापको समस्या हुँदै आएको छ । सुरुङमार्ग सञ्चालनमा आएपछि यो समस्या समाधान हुने अपेक्षा गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्