काठमाडौं, भदौ २ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा वाम एकता सम्भव नरहेको बताउनुभएको छ। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीका क्रममा भण्डारी आफूले नेपालमा वाम एकताको सम्भावना बलियो नदेखेको बताउनुभएको हो ।
सञ्चारकर्मीले वाम एकताबारे राखेको प्रश्नको जवाफमा भण्डारीले भन्नुभयो , नेपालमा यति धेरै वामपन्थी पार्टीहरू छन् । सम्भावना नै छैन भनेर भन्न पनि मिलेन । तर, सम्भावना म त्यति बलियो देख्दिनँ ।’
अर्को प्रसङ्गमा उनले नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग भएको भेटलाई हाउगुजीका रूपमा व्याख्या गर्न नहुने बताउनुभयो । उहाँले कोइरालासँग अहिले देशमा देखिएका समस्याको समाधानबारे छलफल भएको जिकिर गर्नुभयो ।
‘शेखर कोइरालासँग मेरो भेट भएको हो । उहाँ मोरङ विराटनगरको हो । हामी पनि यतै जन्मेर हुर्केको हो । उहाँसँगको भेटलाई एकदमै ठूलो हाउगुजीका रूपमा लिनुपर्ने म ठान्दिनँ,’ उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्