जनता टाइम्स

१ मंसिर २०७६, आईतवार १२:३२

यी हुन नेपालका उत्कृष्ट करदाता (सूचीसहित)


काठमाडौं, मंसिर १ । सरकारले गएको आर्थिक वर्षमा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ। आठौं कर दिवसको अवसरमा सरकारले आज १५ करदातलाई सम्मान गरेको हो। अर्थमन्त्री डा. युवराज खतिवडाले आज आयोजि तबिशेष कार्यक्रममा ती करदातालाई सम्मान गर्नुभयो । गत आर्थिक वर्ष ०७५र७६ मा बढी कर तिर्ने विभिन्न क्षेत्रका उद्योगीहरूलाई अर्थमन्त्री युवराज खतिवडाले सम्मान गरेका छन् । सरकारको सूचीअनुसार सिद्धार्थ शमशेर राणा चौथोपटक लगातार धेरै कर तिर्ने करदाता बन्नुभएको छ । गत आर्थिक वर्षमा बढी कर तिर्नेमा सूर्य नेपाल प्रालि परेको छ । सूर्यले चुरोट उत्पादनलगायतका काम गर्दै आइरहेको छ ।

अर्थ मन्त्राललयका अनुसार, निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर डाबर नेपालले तिरेको छ । मदिरा र चुरोटबाहेक सबैभन्दा बढी आयकर तिर्नेमा भने जगदम्बा स्टिल अग्रपंक्तिमा छ । यस्तै कृषितर्फ अन्नपूर्ण एग्रो, सहकारीतर्फ छिमेकी लघुवित्त र बैंकतर्फ राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी आयकर तिर्नेमा परेका छन् । बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स, स्वास्थ्य तथा शिक्षामा मणिपाल मेडिकल कलेज, सूचना प्रविधिमा वर्ल्ड लिंक र व्यापार व्यवसायमा अग्नि इन्कपोरिटेडले राज्यलाई बढी कर बुझाएका छन् । अर्थमन्त्रालयका अनुसार पर्यटनतर्फ तारागाउँ रिजेन्सी, हृयात र मध्यमस्तरीय करदाताबाट कामना सेवा विकास बैंक बढी कर तिर्नेमा परेका छन् । आन्तरिक राजस्वको कार्यक्षेत्रभित्र रही धेरै आयकर भियस मोरिससले तिरेको छ भने सिद्धार्थ शमशेर राणा चौथोपटक लगातार धेरै कर तिर्ने करदाता बन्नुभएको हो ।

धेरै कर तिर्ने व्यक्ती तथा संस्थाहरु :

सबैभन्दा धेरै कर तिर्ने करदाता : रवी केसी, सुर्य नेपाल

निर्यातकर्ता आयकर : पंकज बजाज, डाबर नेपाल

उद्योग (मदिरा र चुरोट बाहेक) : जगदम्बा, सुलभ अग्रवाल

कृषि : अन्नपूर्ण एगणरमे राजेश कुमार अग्रवाल

लघुवित्त : छिमेकी लघुबित्त

बैंक : राष्ट्रिय वाणिज्य बैंक , किरणकुमार श्रेष्ठ

बीमा : नेपाल लाईफ, विवेक झा

स्वास्थ्य शिक्षा : मणिपाल मेडिकल कलेज

सूचना प्रविधि : वर्ल्डलिंक, दिलिप अग्रवाल

व्यापार : अग्नि इन्कर्पोरेट, क्याबिनेट श्रेष्ठ

पर्यटन : हायात, सुरेशलाल श्रेष्ठ

मध्यम करदाता : कामना सेवा विकास बैंक, हरिप्रसाद

आन्तरिक कार्यालय तर्फ : भिएस मोरिसस

व्यक्तिगत : सिध्दार्थ शमशेर जबरा

भ्याट : घोराही,सिमेन्ट संजय बंसल