काठमाडौं, भदौ ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानकै कारण प्रतिस्पर्धी दलहरूसँग मिलेर काम गर्नुपर्ने अवस्था रहेको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार आयोजित स्व. खड्ग बहादुर बस्यालको श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले समावेशी र समानुपातिक आधारमा बनेको संविधानका कारण कुनै पनि दललाई स्पष्ट बहुमत नआउने भएकाले सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभएको हो । ‘अहिलेको संविधान समावेशी र समानुपातिक आधारमा बनेको छ, यसमा कुनै दललाई एक्लै बहुमत आउँदैन, त्यसैले सबै दलसँग मिलेर अघि बढ्नुपर्ने बाध्यता छ, त्यही आधारमा नेपालको नयाँ संविधान सफलतापूर्वक कार्यान्वयन भइरहेको छ, प्रतिस्पर्धी काम गर्नुपर्ने अवस्था आएको छ’, उहाँले भन्नुभयो ।
उहाँले समावेशी संविधानका कारण महिला, जनजाति, आदिवासी, मधेसी लगायतका समुदायका अधिकार सुनिश्चित भएको स्मरण गर्नुभयो ।














प्रतिक्रिया दिनुहोस्