काठमाडौं, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको बताउनुभएको छ । मंगलबार काडमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले युवाहरूको समय रहेको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले युवाहरू अघि बढेर देश विकासमा लाग्नुपर्ने बताउनुभयो । युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको उहाँको भनाइ थियो। ‘यो युवाहरूको समय हो। युवाहरू अगाडि बढ्नुपर्छ। युवाहरूले गर्नसक्नुपर्छ। यो कुरा थाहा पाएपछि भन्छन्त–पाईंले किन पद नछोडेको ? म त छोड्न तयार नै छु नि। युवाहरू तयार हुनुपर्यो नि त। म इन्करेज गर्न चाहन्छु युथहरूलाई।’
प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँनयाँ विकास, आविष्कार र प्रगति भएको बताउनुभयो। उहाँले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपालमा अब लगानी र काम गर्न कुनै बाधा नरहेको दाबी गर्नुभयो ।
युवाहरू तयार भए पद छोड्न तयार छुः प्रधानमन्त्री ओली













प्रतिक्रिया दिनुहोस्