जनता टाइम्स

५ भाद्र २०८२, बिहीबार १२:०८

प्रधानमन्त्रीको भ्रमणमा लिपुलेक-लिम्पियाधुरा र कालापानीको विषय गम्भीरताका साथ उठाऔँ : विश्वप्रकाश शर्मा


काठमाडौं, भदौ ५ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय उठाउन सुझाव दिनुभएको छ ।

भारत र चीनले हालसालै पुनः लिपुकेकको विषय उठेको सन्दर्भमा शर्माले आफ्नो धारणा राख्दै यस्तो सुझाव दिनुभएको हो । महामन्त्री शर्माले सो विषयमा सरकारले गर्नुपर्ने ६ पहल समेत सुझाउनु भएको छ ।

शर्माले भारत र चीन दुवै छिमेकीको व्यवहारप्रति विरोध जनाउँदै प्रधानमन्त्री भ्रमणका बेला उठाउनुपर्ने विषयबारे सुझाउँदै लेख्नुभएको छ, ‘ऎतिहासिक तथ्यहरुका आधारमा हाम्रा दुवै छिमेकीलाई विश्वासमा लिन जरुरी । प्रधानमन्त्रीको आसन्न भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय प्रवेश ।’

शर्माले लिपुलेकका विषयमा सर्वपक्षीय सर्वदलीय बैठक आह्वान गर्न पनि सरकारसँग माग गर्नुभएको छ ।

यस्ता छन सुझाव

१. सर्वदलीय / सर्वपक्षीय बैठक सरकारको आह्वानमा ।
२. बैठक मार्फत विकसित घटनाक्रममा हाम्रो एक्यवद्ध दृष्टि र साझा प्रतिबद्धता निर्माण ।
३. हाम्रो संसदले ३१ जेठ २०७७ मा संविधानको अनुसूची ३ मा सर्वसम्मत पारित गरेर स्पष्ट गरेको `चुच्चे नक्सा´ प्रती देशभित्र र अन्तर्राष्ट्रिय जगतमा थप स्पष्टता ।
४. भारत र चीन बिच १५ मे २०१५ मा लिपुलेकबारे भएको अघिल्लो सहमति उपर नेपालले पठाएको कुटनैतिक नोट समेत स्मरण गराउँदै पछिल्लो सहमति उपर पुन कुटनैतिक नोट ।
५. ऎतिहासिक तथ्यहरुका आधारमा हाम्रा दुवै छिमेकीलाई विश्वासमा लिन जरुरी । प्रधानमन्त्रीको आसन्न भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको बिषय प्रवेश ।
६.  नेपाल-भारत सिमा र सम्बन्धबारे बौद्धिक सुझावका लागि दुवै देशको सहमतिमा गठित प्रबुद्ध समुह EPG (Eminent Persons Group ) को ७ बर्षअघि तयार प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले बुझ्न र त्यसलाई आधार मानेर अन्य विषयहरु समेतको हल खोज्न नेपालका तर्फबाट प्रस्ताव ।