जनता टाइम्स

५ भाद्र २०८२, बिहीबार २२:३६

मदन भण्डारीको हिरक जयन्ती मनाउन खुल्यो कार्यालय, पूर्वराष्ट्रपति बिद्या भण्डारीसँगै मञ्चमा उभिए एमालेका तीन उपाध्यक्ष


यस्तै नेताको कार्यालय ब्यवस्थापन गर्ने नाममा असुली गर्ने समुहका सदस्यहरु पनि च्यासलबिरुद्ध खडा गरिएको कार्यालय भन्दै प्रचारमा लागेको देखिएको छ । एमालेभित्र असुली समुहका नामले चिनिएको सो समुहको उदेश्य बिद्या भण्डारीको नाम बेचेर भन्दा चलाउने रहेको छ ।

काठमाडौं, भदौ ५ । नेकपा एमालेका तात्कालिन महासचिव जननेता मदनकुमार भण्डारीको ७५औं जन्मजयन्ती मनाउन गठन गरिएको मुल समितिको कार्यालय खुलेको छ ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्पति बिद्यादेवी भण्डारी संरक्षक रहनुभएका मदन भण्डारी फाउन्डेशनले गठन गरेको पूर्वमुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको समितिले बिहीवार काठमाडौंको थापाथाऊँमा कार्यालय स्थापना गरेको हो ।

बिहिवार दिउसो पूर्वराष्ट्रपति तथा फाउण्डेशनकी संरक्षक बिद्या भण्डारीले मुल समारोह समितिको कार्यालय उदघाटन गर्नुभयो । उदघाटनमा एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्दै पाण्डे सहभागी हुनुभयो ।

एमाले केन्द्रीय कमिटीमा बरिष्ठ उपाध्यक्ष पोखरेलसहित उपाध्यक्षहरु ज्ञवाली र पाण्डेले राष्ट्रपति भई काम गरेको ब्यक्ति पार्टी नेता बन्न मिल्छ भन्ने बिचार राख्नुभएको थियो भने उपाध्यक्षद्वय पाण्डे र ज्ञवालीसहित स्थायी कमिटी सदस्य कर्ण थापाले पूर्वराष्ट्रपति राजनीतिमा आउनेर पार्टी सदस्य बन्ने कुरा गणतन्त्रको संस्थागत बिकाशका लागि बाधक रहने ९९ प्रतिशत सदस्यहरुको मतबाट भएको निर्णयमा नोटअफ डिसेन्ट लेख्नुभएको थियो ।

एमालेभित्र बिवाद बढाउन सकिन्छ कि भनेर सो समुहले यस्तो अफवाह फैलाएको हो । यो काममा नेकपा एमालेकै बिभिन्न जनसंगठनमा रहेर पार्टी अध्यक्ष केपी शर्मा ओलीको आशिर्वादमा संगठनको नेतृत्व हत्याउने खेल गरे पनि अन्तिम समयमा असफल बनेपछि बिरक्तिएकाहरु देखिएका छन । यस्तै पार्टी महाधिवेशनमा कार्यकर्ताबाट अनुमोदन हुन नसकिने निश्कर्षमा पुगेका नेताहरु पनि सोही प्रचारमा लागेका हुन । 

पार्टीमा दोस्रो बरियता रहेको भन्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले भने निर्णयमा असहमति लेख्नुभएन । उहाँले आफूले केही नलेखी तीन नेतालाई बिपक्षमा खडा गर्नुभएको थियो । आफू सक्रिय राजनीतिमा फर्कने घोषणा गर्नुभएकी पूर्वराष्ट्रपति भण्डारीले पार्टीले सदस्यता रहन नमिल्ने निर्णय गरेपनि आफूलाई लिखित जानकारी नदिएको बताइसक्नु भएको छ ।

उहाँले आफू सदस्यता रोकेपनि एमालेकै नेता रहेको र निरन्तर एमालेको हितमा काम गर्ने प्रष्ट पार्दै आउनु भएको छ । तर भण्डारी सक्रिय राजनीतिमा आउनु उपयुक्त हुने बिचार राख्ने तीन दर्जन ब्यक्तिहरु एमालेलाई कसरी कमजोर बनाउन सकिन्छ भन्ने बिदेशीको भारी बोकेर नेतृत्वबिरुद्ध मनपरी आरोप लगाउने काम गर्न थालेका छन । हिरक जयन्ती मुल ब्यवस्थापन समितिको कार्यालयको उदघाटनमा पनि तीमध्ये दुई दर्जनजति पुगेका थिए । तिनैले पूर्वराष्ट्रपतिको सम्पर्क कार्यालय भन्दै प्रचार गरेका छन ।

जननेता मदनको हिरक जयन्ती मनाउन स्थापना गरिएको सो कार्यालयलाई एमालेकै केही नेता–कार्यकर्तासँगै बिदेसीको इसारामा नेकपा बिभाजन गर्ने प्रचण्ड र माधव नेपाल नेतृत्वको माओवादी–नेकपा एकीकृत समाजवादीदेखि पूर्वराजावादीसम्मका समुहले भने पूर्वराष्ट्रपति बिद्या भण्डारीको सम्पर्क कार्यालय भन्दै प्रचार गर्न थालेको छ ।

एमालेभित्र बिवाद बढाउन सकिन्छ कि भनेर सो समुहले यस्तो अफवाह फैलाएको हो । यो काममा नेकपा एमालेकै बिभिन्न जनसंगठनमा रहेर पार्टी अध्यक्ष केपी शर्मा ओलीको आशिर्वादमा संगठनको नेतृत्व हत्याउने खेल गरे पनि अन्तिम समयमा असफल बनेपछि बिरक्तिएकाहरु देखिएका छन ।

यस्तै पार्टी महाधिवेशनमा कार्यकर्ताबाट अनुमोदन हुन नसकिने निश्कर्षमा पुगेका नेताहरु पनि सोही प्रचारमा लागेका हुन । सो कार्यालयको बोर्डमा ‘मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालय भनिएको छ ।

यस्तै नेताको कार्यालय ब्यवस्थापन गर्ने नाममा असुली गर्ने समुहका सदस्यहरु पनि च्यासलबिरुद्ध खडा गरिएको कार्यालय भन्दै प्रचारमा लागेको देखिएको छ । एमालेभित्र असुली समुहका नामले चिनिएको सो समुहको उदेश्य बिद्या भण्डारीको नाम बेचेर भन्दा चलाउने रहेको छ ।

मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति बनेको थियो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सो समितिको समेत संरक्षक हुनुहुन्छ ।