काठमाडौं, भदौ ६ । प्रभू साह नेतृत्वको आम जनता पार्टी परित्याग गरी सो पार्टीका दर्जनौं नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज पार्टी केन्द्रीय कार्यालयमा बरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित दर्जनौं नेताहरुलाई पार्टीमा स्वागत गर्नुभयो ।
राष्ट्र र राष्ट्रियताका नायक प्रधानमन्त्री केपी शर्मा ऋोलीको भिजनलाई साथ दिनु नै नेपाल र नेपाली जनताका साथै मधेसी जनताको हित हुने ठहर सहित साहको नेतृत्वमा दर्जनौं नेताहरु एमाले प्रवेश गरेका हुन ।
देश र जनताको पक्षमा काम गर्ने पार्टी एमाले नै भएको हुनाले आफूहरु प्रवेश गरेको साहले बताउनु भयो ।
साहले प्रभु साहको भ्रममा लागेर आफूहरु गलत बाटोतिर लागेको र देश बनाउनका लागि एमाले मात्र सही पार्टी एमाले भएको ठहरसहित प्रवेश गरेको बताउनु भयो ।
साहले छोटो समयमा प्रवेश कार्यक्रम राखेको भन्दै अज मधेश प्रदेश र रौतहटका सवै नेता–कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने बताउनु भयो ।
आम जनता पार्टीमा रहेका अधिकांश राम्रा जति एमालेमा भित्रने निर्णयसहित आफूहरु प्रवेश गरेको साहको भनाई छ । प्रवेश कार्यक्रममा एमाले उपामहासचिव प्रदीप ज्ञवाली, मधेश प्रदेशका नेताहरुलगायतको सहभागिता रहेको थियो ।


















प्रतिक्रिया दिनुहोस्