जनता टाइम्स

६ भाद्र २०८२, शुक्रबार १६:४९

प्रभु साहबारे प्रधानमन्त्री केपी ओली : एमालेविरुद्ध अक्षम्य अपराध गरे, अरूतिरको अपराध पनि अब लुक्दैन


काठमाडौं, भदौ ६ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तात्कालिन स्थायी समिति सदस्य प्रभु साहले एमालेबिरुद्ध क्षमा दिनै नसकिने अक्षम्य अपराध गरेको बताउनु भएको छ ।

गत आम निर्वाचनको बेला साहले मधेशका सबै निर्वाचन क्षेत्रको टिकट मागेको तर रौतहतको मात्र दिएको पनि अध्यक्ष ओलीले प्रष्ट पार्नुभयो । साहले सबै टिकट आफूले लिएर गएर मधेस प्रदशभरी एमालेको उम्मेदवार नै बन्न नदिने जस्तो गम्भीर अपराध गरेको अध्यक्ष ओलीले बताउनु भयो ।

उमेश साह नेतृत्वमा प्रभु साहको नेतृत्वको आम जनता पार्टीबाट बिद्रोह गरेका नेताहरुलाई प्रवेश गराएपछि अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रभु साहले अक्षम्य अपराध गरे एमालेको बिरुद्धमा, क्षमा दिनै नसकिने खालको अपराध भयो । त्यस्तो अपराध गर्नेको पछि लागेर कोही बस्न हुन्न, सर्व देश बनाउने मिसनका लागि एमालेमा आउनु पर्छ । यही नै सही निर्णय हुन्छ । यो कुरा तपाईहरुल भ्रममा परिरहेकालाई पनि सम्झाउनोस ।’

कार्यक्रममा अध्यक्ष ओलीले प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट बिद्रोह गरेको दर्जनौं नेतालाई पार्टीमा स्वागत गर्नुभयो ।