जनता टाइम्स

६ भाद्र २०८२, शुक्रबार २१:२९

गणतन्त्र, संघीयता र समावेशिताको प्रभावकारी कार्यान्वयनमा कांग्रेस दृढ : सभापति देउवा


काठमाडौं, भदौ ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक प्रणालीको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेस दृढ रहेको बताउनुभएकाे छ।

शुक्रबार काठमाडौंमा आयोजित ‘नेपाली कांग्रेस र आदिवासी जनजाति योद्धाहरू’ नामक पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा उहाँले आदिवासी जनजातिलगायतका योद्धाहरूले देखाएको मार्गमा कांग्रेस अग्रसर रहेको भन्दै प्राप्त अधिकारलाई प्रभावकारी कार्यान्वयनमा कांग्रेस दृढ रहेको बताउनुभयाे।

‘आदिवासी जनजातिलगायतका योद्धाहरूले देखाएको मार्गमा कांग्रेस अग्रसर छ, निरन्तर प्रयासपछि पार्टी समानुपातिक र समावेशि मूल्य मान्यता अनुसार अगाडि बढेको छ, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशिताको प्रभावकारी कार्यान्वयनमा कांग्रे दृढ छ, संविधान संशोधन गर्दा प्राप्त गरेको उपलब्धीलाई जोगाउँदै अघि बढ्नुपर्छ’, उहाँले भन्नुभयाे ।

कांग्रेसले मुलुकका लागि योगदान दिने आदर्श योद्धाहरूको योगदानलाई उच्च मूल्याङ्कन गरेको भन्दै उहाँहरूको जीवनमा आधारित ‘नेपाली काँग्रेस र आदिवासी जनजाति योद्धाहरू’ नामक पुस्तक विमोचन गर्न पाउँदा खुसी लागेको उहाँले बताउनुभयाे । ‘ कांग्रेस तथा मुलुकका लागि योगदान दिने आदर्श योद्धाहरूको योगदानलाई उच्च मूल्याङ्कन गर्दै उहाँहरूको जीवनमा आधारित नेपाली कांग्रेस र आदिवासी जनजाति योद्धाहरू नामक पुस्तक विमोचन गरेर उहाँहरूलाई सम्मान गर्न पाउँदा एकदमै खुसी लागेको छ ।’

सोही क्रममा कांग्रेस महामन्त्री गगन थापाले २०१५ को सेरोफेरोमा राजनीतिमा स्थापित भएको सबैभन्दा असल राजनीतिक व्यक्तित्व काङ्ग्रेसमा नै हुने गरेको बताए।’