काठमाडौं, भदौ ७ । नेपालको तीनदिने औपचारिक भ्रमणका लागि नेपाली आइपुगेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन र परराष्ट्रमन्त्री आरजु देउवा राणाबीच सोल्टी होटलमा भेटवार्ता भएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आएकी भो थि आन सुआनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत गर्नुभएको थियो ।
भदौ ९ गतेसम्म नेपालको भ्रमणमा रहने सुआनले ८ गते उपराष्ट्रपति यादव र प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता हुने जनाइएको छ । उपराष्ट्रपति सुआनले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नहुने कार्यक्रम छ ।













प्रतिक्रिया दिनुहोस्