काठमाडौं, भदौ ९ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले डर र लोभ दुई वटा कुराबाट मुक्त नभई अगाडि बढ्न नसकिने बताउनुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित ‘जीवन एक बिम्ब अनेक’ नामक मुक्तक सङ्ग्रहको विमोचन कार्यक्रममा बोल्दै थापाले डर र लोभबाट बाँधियो भने पार्टी र राजनीतिक दलका कार्यकर्ता अघि बढ्न नसक्ने उहाँको धारणा छ । ‘डर र लोभ दुई वटा कुराबाट हामी मुक्त नभई अगाडि बढ्न सक्दैनौँ, काङ्ग्रेस अहिले ०८४ को चुनावमा के हुन्छ भन्ने चिन्ताबाट मुक्त हुनुपर्छ’, उहाँले भन्नुभयो ।
कांग्रेसका नेता कार्यकर्ता अहिले आफू र आफ्ना परिवारका सदस्य भन्दा माथि सोच्न नसक्ने अवस्थामा पुगेका बताउनुभयो । यसरी पाटी र राजनीति अघि नबढ्ने उहाँले स्पष्ट पार्नुभयो । काङ्ग्रेसका कार्यकर्ताहरू आफ्नोभन्दा बढी अरूको बारेमा सोच्छु, चिन्ता गर्छु भनेर राजनीतिमा लागेका उहाँले स्मरण गराउनुभयो ।
उहाँले प्रधानमन्त्री केपी ओलीले हप्तामा एक पटक प्रधानमन्त्री पद कांग्रेसलाई हस्तान्तरण गर्छु भनेर सम्झाइ रहन आवश्यक नरहेको पनि बताउनुभयो । ‘म छोड्छु छोड्छु भनिरहनु भएको छ, उहाँले छोड्नु हुन्छ कि हुँदैन भन्ने कुराबाट मुक्त हुनुपर्छ, छोड्नु पर्छ भन्ने डरबाट पनि मुक्त हुनुपर्छ’, उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्