जनता टाइम्स

१२ भाद्र २०८२, बिहीबार ०९:४३

बालुटारबाट प्रधानमन्त्रीको निर्देशन, आसन्न विधान महाधिवेशनमा एक हुनु


काठमाडौं, १२ भदौ ।  नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्मतीका महाधिवेशन प्रतिनिधिलाई बोलाएर आसन्न विधान महाधिवेशनमा एक हुन निर्देशन दिनुभएको छ।

ओलीले सरकारी निवास बालुवाटारमा बुधबार छलफल गर्नु भएकाे एमाले काठमाडौं अध्यक्ष दीपक निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार, छलफलमा अध्यक्ष ओलीले भदौ २०–२२ मा हुने विधान महाधिवेशनमा एकताको सन्देश दिने गरी काम गर्नु भन्नुभएको छ। ‘विधान महाधिवेशनमा एकताको अधिवेशन हुनेछ। लामो सम्बोधनमा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी केन्द्रित टिप्पणी गर्नुभएको  थियो । उहाँले मदन भण्डारी फाउन्डेसन परिवारको सम्पत्ति नभएको टिप्पणी समेत गर्नुभयो । केही नेताहरूले पूर्वराष्ट्रपति भण्डारीको तस्बिर राखेर गरिएका गतिविधिप्रति ओलीले आक्रोश व्यक्त गर्नुभएको थियो ।

यस्तो छ काठमाडौं निरौलाले सार्वजनिक गर्नुभएका ४८ बुँदा :

1. पार्टी दुइतिहाई मत आउने थियो बामदेवले पार्टी फुटाउनु भयो, २०५४ मा

2. एकले अर्कालाइ निस्कासन गर्दै अगि बढियो र हालको पार्टी निर्माण भयो

3. हाल केहीले पूर्वराष्ट्रपतिको फोटो राखेर धन्दा गरिराछन्

4. च्यासलले सदस्यता खायो भन्नुहुन्छ, सदस्यता खाएको छैन। पार्टीमा निवेदन दिनुभको छैन। प्रकृया मिलेन।

5. बालुवाटार बोलाएको आउनु भएन, पार्टी कार्यालयमा भेटियो।

6. सदस्यता नवीकरण हुँदैन, पार्टीले निर्णय गर्नु पर्छ।

7. राजनीतिमा आउनु हुन्न।

8. मलाइ सहयेाग गर्नु तपाईँ चलाउन सक्नु हुन्न भन्नुभयो।

9. भ्रममा नरहन भने। अनुभव छैन भने।

10. चुनाव लड्ने त भन्नुभयो। यो पार्टीमा चुनाब लड्नु पर्दैन भनेँ।

11. पूर्वराष्टपति भए व्यक्तिले अशोभनिय गतिविधि गर्नु भएन ।

12. पार्टी पक्षमा नहालेकाहरुलाई भेला गरेर हिड्नु भाकोछ।

13. चक्रपथमा मलाइ जथाभावी लेखाउने काम भयो।

14. फाउन्डेसन मैले खोलेको किनकि जन्मजयन्ती र स्मृति मनाउन नदिएकोले

15. राजमाता हुन भनि रहँदा मैले विद्यालाई अघि सारेँ

16. नेकपा एमालेमा आएर अध्यक्ष हुन सम्भव छैन

17. आ-आफ्नो योग्यताका कारण हामी यहाँ आइपुगेका छौँ।

18. आन्देालनलाई पार्टीले आगाडि बढाको छ तर यो नदेख्ने। विरेाधीलाई सहयेाग गर्ने

19. सरकारले गरेको सकारात्मक कामको चर्चा किन नगरेको ?

20. अदालत मार्फत् बाधा हाल्ने केासिस गरिएको छ बाधा पन्छाएर अघि बढिन्छ

21. सेन्टिमेन्टमा गएर हुँदैन मदन भण्डारीका बिचार पवित्र हो घर हैन

22. जबज परिवारको सम्पति हाेइन

23. जबज फाउण्डेशनले बचाउने हाेइन

24. पार्टीमा समस्या ल्याउने हाेइन

25. ईश्वर पेाखरेलका पुग्नुहुन्छ ? बाटो बिराएर हिड्नु भएन

26. अभागीलाई खाने बेलामा रिस उठ्छ

27. विनेाद ढकालले ९ औँ महाधिवेशन मलाइ सहयेाग गर्ने प्रमुख पात्र हुन्

28. विधान बारे कर्ण थापाले गलत कुरा गरे

29. पत्रकारले पार्टी सदस्यता दिने हाेइन

30. गणतन्त्र गौरवलाई विवादमा पर्ने काम भयो

31. विद्याजीलाई अध्यक्ष दिन सकिन्न चुनाव भयो भने हार्नुहुन्छ

32. लालगेडी भएर पार्टी चल्दैन, तेसैले विद्याजीको सम्भावना छैन

33. मैले जति सम्मान अरुले गरेको छैन होला विद्याजीलाई साथ दिँदा म अपमानित हुनु परेको छ

34. म एकोहोरो हो म, भन्दा पनि मदन तर सहकार्यमा थियो

35. म सपनामा छु कि जस्तो लाग्छ

36. विद्या बाहेक कसैको दम छैन उहाँले छाडे सबै मिल्छ

37. विद्याजीको सम्मानका लागि उहाँलाई नउचालौँ

38. व्यक्ति ठूलो कुरा हाेइन आन्दोलन बचाउनु पर्छ

39. विद्या  भण्डारी सम्पति हो

40. उहाँको लडाईँ सदस्यताको हाेइन

41. प्रोटोकल हेरेर प्रतिष्ठा बनाउनु हुन्न

42. सोही विचार प्रस्तुत गर्छु फरक मत राखिरहनु पर्दैन त्यही पेस गर्छु। यो इतिहास हो। इतिहासको रुपमा आउँछ। यो नीतिको रुपमा आउँछ।

43. एकदिन दस्ताबेज प्रस्तुत एक दिन छलफल एक दिन समापन

44. विधान अधिवेशन एकताको अधिवेशन हुन्छ अन्यथा गरे महाधिवेशनमा हिसाब किताब गरिन्छ।

45. साथीहरूको आमचाहना र समयको माग र म स्तब्ध  रहेको हुँदा कार्यकाल र ७० वर्ष आवश्यकता रहेन

46. रवि लामिछानेलाई मैले बनाएको हाे

47. राजेन्द्र लिङदेनले अब झापामा जितेको हेरौँ न, हिजो पो हामीले सहयाेग गरेका थियौँ

48. राष्ट्रियताको बारेमा हामी राजनीति गर्दैनौँ