काठमाडौं, भदौ १३ । सभामुख देवराज घिमिरेले संसद केवल असहमित अधिव्यक्ति गर्ने स्थल मात्र नभएर राष्ट्रिय सहमतिको आवाज प्रकट गर्ने थलो समेत भएको बताउनुभएको छ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै घिमिरेले संसदलाई सहज रूपमा सञ्चालन गर्न आफूले सबै सम्भावित प्रयास गर्दा पनि बैठक बहिष्कार गर्ने क्रम जारी रहेको प्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले आफैँ अझै सहमतिको लागि प्रयत्नशील रहेको उल्लेख गर्नुभयो।
‘बैठक सुरु हुनासाथ असहमति प्रदर्शन गर्ने र बाहिरिने प्रवृत्ति संस्थागत लोकतान्त्रिक प्रणाली र संसदीय अभ्यासका दृष्टिले दीर्घकालीन रूपमा हानिकारक हुन सक्छ,’ सभामुख घिमिरेले भन्नुभयो।
उहाँले सबै सांसदलाई भविष्यलाई के सन्देश दिइरहेका छौँ भन्ने विषयमा सचेत हुनुपर्नेमा जोड दिनुभयो। वर्तमान समयमा संघीयतासँग सम्बन्धित कानुन पारित गर्ने बेला भएकोले त्यसको बहसमा सक्रिय सहभागिता जनाउन उहाँले आग्रह गर्नुभयो। साथै, घिमिरेले संसदलाई मूल लयमा फर्काउन सबै सांसदलाई आह्वान गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्