काठमाडौं, भदौ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण मुलुकको हितमा हुने प्रतिवद्धता जनाउँदै बिश्वस्थ रहन आग्रह गर्नुभएको छ । प्रतिधिनिसभाको आजको बैठकमा शनिवारबाट हुन लागको ५ दिने औपचिारक चीन भ्रमणको बिषयमा जानकारी गराउँदै यस्तो प्रतिवद्धता जनाउनु भएको हो ।
‘मेरो नेतृत्वको चीन भ्रमणको क्रममा नेपालको हित र प्रतिष्ठालाई माथि उठाउने गरी काम गर्नेछ । यसमा बिश्वस्थ रहन गरिमामय संसदलाई आग्रह गर्न चाहन्छु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले नेपालको हितभन्दा अन्य कुरामा आफ्नो कुराकानी नहुने र बिश्व मञ्चमा नेपालको छवि उच्च पार्न केन्द्रित हुने जानकारी पनि दिनुभयो ।
‘ चीन भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढका साथै अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि अभिबृद्धि हुनेछ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । यस्तै उहाँले भ्रमणको क्रममा उच्चस्तरीय भेटबार्ताको कार्यक्रम तय भएको जकानकारी दिनुभयो । उहाँका अनुसार भ्रमणको क्रममा सम्बोधनदेखि उच्चस्तरीय भेटबार्ताका कार्यक्रम रहेका छन ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणको क्रममा उच्चस्तरीय भेटबार्ता हुने कार्यतालिका तय भएको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीका अनुसार चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसँग भेटबार्ताको मिति तय भइसकेको छ । यस्तै रुसका राष्ट्रपति पुटिन, माल्दिभ्स, कबेडियो, लाओसका प्रधानमन्त्री, भियतनामका प्रधानमन्त्रीसँग पनि छुट्टाछुट्दै भेटबार्ता गर्ने कार्यक्रम रहेको छ ।
जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपुर्ण निमन्त्रणमा प्रधानमन्त्री ओली शनिवार अर्थात भदौ १४ गते देखि १८ गतेसम्म चीन भ्रमणमा जाँदै हुनुहुन्छ । संघाई सहयोग संगठनको शीखर सम्मेलनमा भाग लिन जान लाग्नुभएको हो । सन २००१ मा स्थापना गरिएको बिश्वकै सवैभन्दा ठूलो क्षेत्रीय संगठनहरुमध्ये एकको रुपमा बिकसित भइसकेको छ ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणमा नेपालको दृष्टिकोण र प्राथमिकता स्पष्ट रुपमा त्यहाँ राख्नु र नेपालको हित प्रबर्धन गर्नु रहेको पनि प्रष्ट पार्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्