जनता टाइम्स

१५ भाद्र २०८२, आईतवार १८:५७

एससिओ शिखर सम्मेलनमा ओलीलाई सीको स्वागत


काठमाडौं, १५ भदौ।  प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी हुन पुग्नुभएको छ। उक्त समारोहमा उनलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले स्वागत गर्नूभएको छ । प्रधानमन्त्री ओली र धर्मपत्नी राधिका शाक्यलाई चिनियाँ राष्ट्रपति सी र धर्मपत्नी पेङ लियुआनल् स्वागत गर्नुभयो । शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली हिजो त्यसतर्फ प्रस्थान गर्नूभएको थियो ।