जनता टाइम्स

१५ भाद्र २०८२, आईतवार १९:०२

प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सीद्वारा आयोजित स्वागत समारोहमा सहभागी


थियानजिन (चीन), भदौ १५ । प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङ र उहाँकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस शिखर सम्मेलनमा सहभागी मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूको सम्मानमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभएको छ ।

उच्चस्तरीय अतिथिहरूको उपस्थितिमा आयोजित उक्त समारोहमा सहभागी हुँदै प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा हुने बहुपक्षीय बैठक र द्विपक्षीय छलफललाई अझ प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको प्रधानमन्त्रीका साथ रहेका अधिकारीहरूले जनाएका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले चीनको थियानजिनमा पुगेर विभिन्न उच्चस्तरीय बैठक तथा स्मारक स्थलहरूको अवलोकन गरिसक्नुभएको छ । उहाँको भ्रमणमार्फत नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ ।