जनता टाइम्स

१६ भाद्र २०८२, सोमबार १७:२९

राष्ट्रिय खेलकुद विकास नियमावली संशोधनदेखि विदेश भ्रमण र नियुक्तिसम्मका यस्ता छन् मन्त्रिपरिषदका २४ निर्णय


काठमाडौं, भदौ १६ । सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली संशोधनदेखि विदेश भ्रमण र नियुक्तिसम्मका २४ वटा निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुभएको हो ।

उहाँका अनुसार राष्ट्रिय समाचार समिति (रासस) र चीनको सिन्ह्वा न्युज एजेन्सीबीच सम्झौता पत्र स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ । त्यस्तै, आगामी असोज १९ देखि २३ गतेसम्म दक्षिण अफ्रिकाको केप टाउनमा आयोजना हुने २५ औँ फिगो वल्ड कङ्ग्रेस अफ गाइनोलोजि एन्ड अब्सट्रयाक्टीस कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. राम पदारथ विच्छालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै असोज ८ देखि ९ गतेसम्म जापानको टोकियोमा आयोजना हुने द फोर्टिन हाइ–लेवल टाक्स कन्फ्रेन्स फर एसियन एन्ड स्पेसिफीक कन्ट्रीज् विषयक कन्फ्रेन्समा सहभागिताका लागि अर्थ मन्त्रालयका सचिव (राजस्व) दिनेश घिमिरेलाई स्वीकृति प्रदान गर्ने निर्णय पनि गरिएको छ ।

यसैगरी, भदौ २२ देखि २८ गतेसम्म मलेसियाको क्वालालम्पुरमा आयोजना हुने आइसिआइडियुएस मेगा इभेन्ट, ४ औँ वर्ल्ड इरिगेसन फोम तथा ७६ औँ इनटरनेश्नल एक्जुकेटिभ काउन्सिल–आइसी को बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (जलस्रोत तथा सिँचाइ ) सरिता दवाडीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने सरकारको अर्को निर्णय रहेको छ ।

यसै गरी, विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्ट तथा सदस्य पदमा उच्च अदालत पाटन, हेटौँडा इजलासका न्यायाधीश श्री नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका माननीय न्यायाधीश हेमन्त रावल उच्च अदालत सुर्खेत, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश उमेश कोइरालालाई तोक्ने मन्त्रीपरिषद्को निर्णय रहेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

मन्त्रीपरिषद्को अर्को निर्णयमा राजस्व न्यायाधिकरण नेपालगञ्जको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीलाई तोक्ने, सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको लागि आ.व. २०८२/८३ का लागि अधिकृत स्तरका ५८ अस्थायी दरबन्दी स्वीकृत गर्ने, श्रम अदालतको सदस्य पदमा अधिवक्ता श्री कुमारी खरेल, झापालाई नियुक्त गर्ने भएको छ ।

साथै, भदौ २३ देखि २५ गतेसम्म भारतमा आयोजना हुने डाइलग नेक्स्ट कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, नेपालमा सञ्चालन हुने गैर नाफामूलक संघ संस्था (एनपिओ) हरूको एकीकृत विवरण राख्ने प्रयोजनका लागि गृह मन्त्रालयले तयार गर्ने एनपिओ पब्लिक पोटल सफ्टवेयर सञ्चालनका लागि आवश्यक रहेको विवरण प्राप्त गर्न उक्त पोटललाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग एप्लीकेशन प्रोग्राम इन्टरफेश (एपिआई) मार्फत आबद्धता प्रदान गर्न स्वीकृति प्रदान गर्ने सरकारले निर्णय गरेको ।

वुमन पोल्टीकल लिडर्स (डब्लुपिओ) ले नेपाललाई प्रदान गर्ने डब्लुपिएल कन्ट्री अवार्ड २०२५ प्राप्त गर्ने र मोन्टिनिग्रोमा आयोजना हुने उक्त अवार्ड वितरण कार्यक्रममा असोज १२ देखि १४ गतेसम्म सहभागी हुन परराष्ट्र मन्त्रीलाई स्वीकृति प्रदान गर्ने, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्न आर्थिक वर्ष २०८२/८३ का लागि ८७ अधिकृत स्तरका पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने, बिर्ता उन्मूलन (नवौँ संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने, आर्थिक वर्ष २०८२/८३ मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद्, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति र राष्ट्रिय एन्टीडोपिङ ऐजेन्सीमा जम्मा २१ अधिकृत स्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने, मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको गोन्जाउ र सांघाईमा भदौ २७ देखि मिति २०८२ असोज ४ गतेसम्म १२ औँ बेजिङ सांघाई फोरममा सहभागी हुने प्रधान सेनापति महारथी अशोक राज सिग्देललाई स्वीकृति प्रदान गर्ने, ललितपुरमा रहेको नवदुर्गा भवानी देवीको १२ वर्षे जात्रा र छाप्रो निर्माणको लागि १२३५.७४ क्यूफिट काठ नवदुर्गा भवानीदेवी गुठीलाई उपलब्ध गराउने प्रयोजनार्थ उक्त काठको राजश्व रोयल्टी रकम रु.१०.१९.४६९ मिनाहा गर्ने निर्णय भएको छ ।

यस्तै कात्तिक ११ देखि १३ गतेसम्म लण्डनमा आयोजना हुने ग्लोबल हायर एजुकेसन सिलाइन्स, भ्यालुस्, इनोभेसन सर्भाविङ एन्ड थ्रिभिङ इन अ भोलाटाइल वल्ड विषयक सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (शिक्षा) चूडामणि पौडेललाई भाग लिन स्वीकृति दिने, पुरातत्त्व विभागमार्फत सञ्चालित भूकम्प पछिको पुनर्निर्माण कार्यक्रमको आ.व. २०८२/८३ का लागि अधिकृत स्तरका १० अस्थायी दरबन्दीहरू स्वीकृत गर्ने सरकारको महत्त्वपूर्ण निर्णय रहेको छ ।

यसै गरी, कोस्क्याप (सिओएससिएपी) कोअपरेशन डेभलपमेन्ट अफ अप्रेसेनल सेफ्टी एन्ड कन्टीन्युइङ्ग एरवर्थनेस प्रोग्राम साउथ एसिया प्रोजेक्टको छैटौँ चरणको कार्यक्रम स्वीकृत गर्ने, नेपाल सरकार र साउदी अरेबिया सरकारबिच एग्रीमेन्ट अन जेनरल वर्कस् सिक्रुट्मेन्ट बिटविन द गर्भमेन्ट अफ नेपाल एन्ड द गर्भमेन्ट अफ द किङ्डम अफ साउदी अरेबिया विषयक श्रम सम्झौता गर्ने सरकारको निर्णय छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती क्षेत्रको सिमाना हेरफेर र छायानाथ राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती क्षेत्र घोषणा गर्ने, तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८२ २०८७) स्वीकृत गर्ने र राष्ट्रिय खेलकुद विकास (दोस्रो संशोधन) नियमावली, २०६२ स्वीकृत गर्ने पनि सरकारकाले निर्णय गरेको छ ।

कात्तिक ११ देखि १३ गतेसम्म लण्डनमा आयोजना हुने ग्लोबल हायर एजुकेसन सिलाइन्स, भ्यालुस्, इनोभेसन सर्भाविङ एन्ड थ्रिभिङ इन अ भोलाटाइल वल्ड विषयक सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (शिक्षा) चूडामणि पौडेललाई भाग लिन स्वीकृति दिने, पुरातत्त्व विभागमार्फत सञ्चालित भूकम्प पछिको पुनर्निर्माण कार्यक्रमको आ.व. २०८२/८३ का लागि अधिकृत स्तरका १० अस्थायी दरबन्दीहरू स्वीकृत गर्ने सरकारको महत्त्वपूर्ण निर्णय रहेको छ ।

यसै गरी, कोस्क्याप (सिओएससिएपी) कोअपरेशन डेभलपमेन्ट अफ अप्रेसेनल सेफ्टी एन्ड कन्टीन्युइङ्ग एरवर्थनेस प्रोग्राम साउथ एसिया प्रोजेक्टको छैटौँ चरणको कार्यक्रम स्वीकृत गर्ने, नेपाल सरकार र साउदी अरेबिया सरकारबिच एग्रीमेन्ट अन जेनरल वर्कस् सिक्रुट्मेन्ट बिटविन द गर्भमेन्ट अफ नेपाल एन्ड द गर्भमेन्ट अफ द किङ्डम अफ साउदी अरेबिया विषयक श्रम सम्झौता गर्ने सरकारको निर्णय छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती क्षेत्रको सिमाना हेरफेर र छायानाथ राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती क्षेत्र घोषणा गर्ने, तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८२ २०८७) स्वीकृत गर्ने र राष्ट्रिय खेलकुद विकास (दोस्रो संशोधन) नियमावली, २०६२ स्वीकृत गर्ने पनि सरकारकाले निर्णय गरेको छ ।