थियानजिन (चीन), १६ भदौ । शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका अवसरमा चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबीच साेमबार द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटमा नेपाल–रूसबीच पारस्परिक हितका विषयमा विचारविमर्श भएको जनाइएको छ । साथै क्षेत्रीय सुरक्षा, आपसी सहयोग, ऊर्जा तथा पूर्वाधारलगायतका सम्भावित साझेदारीका विषयमा पनि छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री ओली एससिओ शिखर सम्मेलनमा सहभागी हुन शनिबार थियानजिन पुग्नुभएको हो । सम्मेलनमा विभिन्न सदस्य राष्ट्रका प्रमुख तथा सरकारप्रमुखहरूको उपस्थिति रहेको छ ।















प्रतिक्रिया दिनुहोस्