जनता टाइम्स

३ मंसिर २०७६, मंगलवार १०:०८

मिडियामाथि खनियो प्रचण्डको सचिवालय, गर्यो भत्र्सना


काठमाडौं, मंसिर ३ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमद.ल दाहाल, प्रचण्डले मन्त्रिमण्डल हेरफेरको बिषयमा आफूलाई जोडेर आएको समाचारको कडा आपत्ति जनाउनु भएको छ । अध्यक्ष प्रचण्डको सचिवालयले आज बिज्ञप्ती जारी गरी मन्त्रिपरिषद हेरफेरको बिषय प्रधानमन्त्रीको क्षेत्राधिकार भएको भन्दै कडा आपत्ति जनाउनु भएको हो ।

हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका बिषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित÷प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ, अध्यक्ष प्रचण्डको सचिवालयले भनेको छ ।

अध्यक्ष प्रचण्डलाई बदनाम गराउने नियोजित योजनाका साथ समाचारहरु सम्प्रेशन गरिएको सचिवालयको निश्कर्ष छ । मन्त्री मण्डल फेरबदलको बिषय प्रधानमन्त्री केपी शर्मा ओली कै क्षेत्राधिकारको बिषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिईरहनुभएको तथ्य सबैमा विदितै छ । पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौं, बिज्ञप्तीमा भनिएको छ ।

यस्तो छ बिज्ञप्ती

भ्रामक समाचारको खण्डन

हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका बिषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित÷प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ ।

मन्त्री मण्डल फेरबदलको बिषय प्रधानमन्त्री केपी शर्मा ओली कै क्षेत्राधिकारको बिषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिईरहनुभएको तथ्य सबैमा विदितै छ । पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौं ।

– अध्यक्ष प्रचण्डको निजी सचिवालय
खुमलटार