काठमाडौं, भदौ १७ । नेकपा एमालेले बिहीबार दिउँसो ३ बजे पार्टी सचिवालय बैठक बोलाएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पाँच दिने चीन भ्रमण सकेर बुधबार स्वदेश फर्कने कार्यक्रम छ । त्यसैले बिहीबार बैठक आह्वान गरिएको हो।
बैठकमा आगामी भदौ २० गतेदेखि सुरु हुने विधान महाधिवेशन तथा त्यसमा पेस हुने प्रतिवेदनबारे छलफल हुने गौतमले बताउनुभयो। महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेस गर्ने तय भएको छ। हाल एमालेले विधान संशोधनका लागि तल्लो तहबाट सुझाव सङ्कलन गरिरहेको छ।
यसअघि भदौ १३ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक अन्तिम समयमा स्थगित भएको थियो।













प्रतिक्रिया दिनुहोस्