जनता टाइम्स

१८ भाद्र २०८२, बुधबार ०७:४३

आफै प्रहरीमा उपस्थित भएका एमाले नेता ऐन महरलाई फरार प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर


काठमाडौं, भदौ १८ । साइबर अपराधको मुद्दामा खोजेको समयमा उपस्थित हुने सर्तमा परिवार र कानुन व्यवसायीको जमानीमा छाडिएका नेकपा एमाले केन्द्रीय सदस्य ऐन महरलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले नेता महरविरुद्ध जिल्ला अदालत, काठमाडौंमा सोमबार साइबर अपराधको मुद्दा दायर गरेको हो । महर गत ११ भदौमा प्रहरीमा उपस्थित भई बयान दिनुभएको थियो ।

खोजेको वेला उपस्थित हुने गरी हाजिरी जमानीमा छाडिएको भए पनि तर, मुद्दा दर्ता गर्दा भने फरार बनाएर मुद्दा दायर गरिएको छ । फेसबुकमा लाइभ गरेर आफूलाई चरित्रहीन भएकोलगायत आरोप लगाएको भन्दै महरविरुद्ध एक युवतीले जाहेरी दिएकी थिइन् ।

प्रहरीले सुरुमा जाहेरी दर्ता गर्न अस्वीकार गरेकोमा पछि सरकारी वकिलमार्फत दर्ता गरी अनुसन्धान अघि बढाइएको थियो । ती युवतीले महरविरुद्ध दिएको बलात्कारको जाहेरी भने सरकारी वकिलको कार्यालयले तामेलीमा राखेको छ । दावी नपुग्ने भएपछि तामेलीमा राखिएको हो ।