जनता टाइम्स

१९ भाद्र २०८२, बिहीबार ००:५३

नेपाली समाज नकारात्मकतामा केन्द्रित भयाे, सकारात्मक पक्षलाई ओझेलमा पार्न खाेजियाे : शंकर पोखरेल


काठमाडौं, भदाै १९ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली समाजमा सकारात्मक पक्षभन्दा नकारात्मक पक्षलाई बढी उचाल्ने प्रवृत्ति देखिएको टिप्पणी गर्नुभएको छ।

बुधबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत विचार व्यक्त गर्दै पोखरेलले समाजलाई ‘अत्यधिक नकारात्मक’ बनाइएको उल्लेख गर्नुभएको छ। उहाँले लेख्नुभएको छ, ‘नेपाली समाज यति धेरै नकारात्मक बनाईएको छ कि सकारात्मक पक्षलाई ओझेलमा पार्नका लागि नकारात्मक पक्षको खोजी गर्दै हिँड्दछ, विडम्बना।’

पोखरेलको उक्त अभिव्यक्तिलाई देशको समसामयिक राजनीतिक बहससँग पनि जोडेर हेरिएको छ। हालका दिनमा राजनीतिक दल, नेताहरू र संस्थाहरूलाई निरन्तर आलोचना गर्ने प्रवृत्ति बढेको भन्दै उहाँले सन्तुलित दृष्टिकोण आवश्यक रहेको सन्देश दिन खोजेको देखिन्छ।